PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

नेपाल कम्युनिष्ट पार्टीद्वारा चितवनमा पूर्वमन्त्री पाण्डेको जग्गा कब्जाको दाबी



पहिलोपोस्ट

नेपाल कम्युनिष्ट पार्टीद्वारा चितवनमा पूर्वमन्त्री पाण्डेको जग्गा कब्जाको दाबी

चितवनः नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले राष्ट्रिय प्रजातन्त्र पार्टी(प्रजातान्त्रिक)का नेता एवं पूर्व भूमि सुधार मन्त्री विक्रम पाण्डेको जग्गा कब्जा गरेको दाबी गर्दै पार्टीको झण्डा गाडेको छ। 

नेपाल कम्युनिष्ट पार्टी चितवन रत्ननगर नगर समितिले पाण्डेका रत्ननगर–९, टिकौलीस्थित सिंचाई छेउमा रहेको तीन बिघा जग्गामा आज पार्टीको झण्डा र व्यानर टाँगेर कब्जा गरेको घोषणा गरेको हो।

उसले विगतमा कम्युनिष्ट पार्टीको कब्जामा रहेको जग्गा अहिले केही व्यक्तिले भोगचलन गरि उद्योग संचालन गर्न खोजेको भन्दै जग्गा पुनः कब्जा गरेको बताएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell