PahiloPost

Jul 4, 2024 | २१ असार २०८१

प्रदेशसभा र प्रतिनिधिसभा चुनावका लागि आयोगले माग्यो १० अर्ब २७ करोड



पहिलोपोस्ट

प्रदेशसभा र प्रतिनिधिसभा चुनावका लागि आयोगले माग्यो १० अर्ब २७ करोड

काठमाडौं : निर्वाचन आयोगले आगामी दुई तहको निर्वाचन पूरा गर्नका लागि सरकारसँग १० अर्ब २७ करोड रुपैयाँ माग गरेको छ।

निर्वाचन आयोगद्वारा आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले चुनावका लागि आवश्यक रकम निकासा गर्नका लागि सरकारसँग माग गरेको जानकारी दिए। 'हामीले १० अर्ब २७ करोड रुपैयाँ बजेट माग गरेका छौं। सरकारले अहिलेसम्म निर्णय भने गरिसकेको छैन,' उनले पत्रकारहरुसँग भने।

आयोगले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि बजेट माग गरेको हो। उनले पोलिटिकल र इलेक्ट्रोअल वातावरण अझै तयार भइनसकेको सुनाए। यद्यपि त्यसमा के पर्छन र वातावरण केले नबनेको हो भन्ने पनि खुलाएनन्। 

साथै आयोगले निर्वाचनका सबै सूचना प्रवक्तामार्फतमात्र जारी हुने जनाएको छ। नियमित पत्रकार सम्मेलनबाटै सूचना जारी गरिने बताइएको छ। 
निर्वाचन आयुक्त इला शर्माले चुनावको मुखमा सरकारले गरेको कर्मचारी सरुवा दलीय सरकार हुनाले आचार संहिताविपरित हुने बताइन्। निर्वाचन आयोगले गरेको सरुवा भने निर्वाचनको वातावरण बनाउनका लागि भएको उनको दलिल थियो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell