PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

विश्वकप छनोट : लिचेस्टाइनको पोष्टमा स्पेनको ८ गोल



पहिलोपोस्ट

विश्वकप छनोट : लिचेस्टाइनको पोष्टमा स्पेनको ८ गोल

विश्वकप छनोटअन्तर्गत युरोपेली छनोटको समूह जी'मा स्पेनले लिचेस्टाइनमाथि ८-० को फराकिलो जित हात पारेको छ।

लिचेस्टाइनलाई उसैको मैदानमा पराजित गर्न स्पेनका लागि अल्भारो मोराटा र इगो असपासले २-२ गोल गरे भने सर्गियो रामोस, इस्को र डेभिड शिल्भाले १-१ गोल गरे।

लिचेस्टाइनका म्याक्सिमिलियन गोपेलले एक आत्मघाती गोल उपहार दिए।

सहज जितपछि स्पेन विश्वकप छनोट नजिक पुगेको छ। अबको दुइमध्ये एक खेल जिते मात्र पनि स्पेन समूह विजेता बन्दै रसियामा हुने विश्वकपमा छनोट हुनेछ।

अपराजित रहेको स्पेनको ८ खेलबाट २२ अंक भएको छ। स्पेन समूह जी'को शीर्ष स्थानमा छ। दोस्रो स्थानमा रहेको इटलीको समान खेलबाट १९ अंक छ। इटलीले इजरायललाई १-० ले पराजित गर्दै ३ अंक जोडेको हो। उसका लागि सिरो इम्मोबाइलले गोल गरे।

समूहको अर्को खेलमा मेसोडोनिया र अल्वानियाले १-१ गोलको बराबरी खेले।
 

रोमाञ्चक बन्दै समूह आइ

युरोपेली छनोटअन्तर्गत विश्वकप पुग्ने होडमा समूह आइका खेल सबैभन्दा रोमाञ्चक बन्दै गएका छन्। समूह चरणमा सबैले दुई खेल मात्र खेल्न बाँकी रहेको अवस्थामा चार राष्ट्र समूह विजेता बन्ने होडमा छन्।

आइसल्याण्डले युक्रेन तथा टर्कीले क्रोएसियालाई पराजित गरेपछि यस समूह वाइड ओपन भएको हो।

गिल्फी शिगुरुसनको दुई गोल मद्दतमा युक्रेनलाई २-० ले हराएको आइसल्याण्डले यस समूहमा शीर्ष स्थानमा रहेको क्रोएसियासँगै समान ८ खेलबाट १६ अंक जोडेको छ।

टर्कीसँग १-० ले हारेपनि  गोलअन्तरमा क्रोएसिया अगाडि छ।

यस्तै समान १४ अंक रहेका टर्की र युक्रेन क्रमश: तेस्रो र चौथो स्थानमा छन्।

 

समूह डी मा सर्वियालाई २ अंक आवश्यक

यता समूह डी'को खेलमा सर्विया र वेल्स विजयी भएका छन्। सर्वियाले आयरल्याण्डलाई १-० तथा वेल्सले मोल्डोभालाई २-० ले हरायो।

जितपछि सर्वियाको ८ खेलबाट १८ अंक छ र शीर्ष स्थानमा छ। दोस्रो स्थानमा रहेको वेल्सको १४ तथा आयरल्याण्ड १३ अंकका साथ तेस्रो स्थानमा छ। अब समूह डी'बाट सर्वियाले २ खेलमा २ अंक जोडे पनि विश्वकपमा सिधै छनोट हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell