PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

त्रिविले नै सुनसान भेट्यो नेशनल मेडिकल कलेज



पहिलोपोस्ट

त्रिविले नै सुनसान भेट्यो नेशनल मेडिकल कलेज

काठमाडौं : नेशनल मेडिकल कलेज सम्बन्धनका विषयमा अध्ययन गर्न त्रि विकाे विद्या परिषदले गठन गरेको छानविन कमिटीले बुधबार कलेजको अनुगमन गरेको छ। अनुगमनमा क्रममा अध्ययन टोली कलेज पुग्दा प्रशासनका सम्पर्क व्यक्ति, डाक्टर र बिरामी केही पनि भेटेन। निरीक्षणका क्रममा सबै बेड खाली थियाे।

नेशनलको सम्बन्धनबारे चौतर्फी विरोध भएपछि गत शनिबार त्रिविले सनत देवकोटाका संयोजकत्वमा छानविन कमिटी गठन गरेको थियो। समितिमा पर्शुराम कोइराला र डा. प्रशान्त भट्ट सदस्य थिए।

छानविन कमिटी सदस्य डाक्टर प्रशान्त भट्टकोअनुसार छानविन कमिटीले त्रि वि विद्या परिषद्लाई प्रतिवेदन बुझाउनेछ। खारेजी गर्ने नगर्ने अधिकार त्रि वि विद्या परिषद्को हुनेछ।

भट्टले भने, ‘ कलेज अत्यन्तै सुनसान थियो। बेडहरु सबै रित्ता थिए। डाक्टरहरु पनि थिएनन्। अन्य धेरै पूर्वाधार पुगेका छैनन्। प्रशासन नभेटेर अनुगमन गर्ने पत्र पनि गार्डलाई बुझाएर अनुगमन गरेका हौँ।’

त्रि वि विद्या परिषद्ले गत साउन १२ गते कलेजलाई सम्बन्धन दिएको थियो। त्यही परिषदको छानविन कमिटीले अहिले कलेज सुनसान भेटेको हो।

कलेजको सञ्चालन तथा सम्बन्धन स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्ड सम्बन्धी निर्देशिका २०७० बमोजिम नभएकाले कमिटीले सम्बन्धन खारेज गर्न निर्देशन दिएको छ।

त्रि वि विद्या परिषद्ले गत शनिबार नै कलेजको सम्बन्धन स्थगित गरेको उल्लेख गरेको थियो। त्यसै गरि स्वास्थ्य मन्त्रालयको छानविन कमिटीले कलेजको समबन्धन मापदण्ड विपरीत भएकाले शिक्षण अस्पताल बन्द गर्न गृह मन्त्रालयलाई पत्राचार गर्ने बताएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell