PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

स्पोर्ट्स अवार्ड : कसले जित्ला उत्कृष्ट युवा खेलाडी अवार्ड?



पहिलोपोस्ट

स्पोर्ट्स अवार्ड : कसले जित्ला उत्कृष्ट युवा खेलाडी अवार्ड?

काठमाडौं : पल्सर स्पोर्ट्स अवार्डको आठ विधामध्ये एक आकर्षक विधा हो, वर्षका उत्कृष्ट युवा खेलाडी। स्पोर्ट्स अवार्डको १४औं संस्करणमा यस अवार्डमा युवा खेलाडीहरूवी कडा प्रतिस्पर्धा हुने देखिएको छ।

युवा अवस्थामै राष्६रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गर्ने, उपलब्धी हासिल गर्ने युवा खेलाडी यस विधाको मनोनयमा पर्छन्।

यसपटक युवा खेलाडीको विधामा ५ फरक खेलबाट ३ महिला तथा २ पुरुषा खेलाडी परेका छन्। जसमा क्रिकेटका दीपेन्द्रसिंह ऐरी, फुटबलका अनन्त तामाङ, जुडोकी मनिता श्रेष्ठ प्रधान, भारोत्तोलनकी कमला श्रेष्ठ र भलिबलकी प्रतिभा माली उत्कृष्ट युवा खेलाडी बन्ने होडमा छन्।

उनीहरू २०७३ सालमा गरिएको प्रदर्शन र प्राप्त उपलब्धिको आधारमा मनोनयनमा परेका हुन्।

दीपेन्द्रले गत वर्ष अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली टिमका लागि सर्बाधिक ३५७ रन बनाएका थिए। त्यसमा उने चार अर्धशतक आत्मसात गरेका थिए र ४ विकेट पनि लिएका थिए।

सुदूरपश्चिमका दीपेन्द्रले राष्ट्रिय टिमबाट ५ खेलमा तीन अर्धशतकसहित २ सय ११ रन जोडेका थिए। उनले विश्व क्रिकेट लिग च्याम्पियनसिपमा केन्यासँग ६२ रन बनाएका थिए। त्यस्तै, इमर्जिङ टिम्स कपमा उनले बंगलादेशविरुद्ध ५६ रन र हङकङविरुद्ध नटआउट ६० रन बटुलेका थिए भने यू–१९ एसिया कपमा श्रीलंकाविरुद्ध ९० रन प्रहार गरेका थिए।

नेपाली राष्ट्रिय फुटबल टिमका स्टार खेलाडी हुन्, अनन्त। यी सेन्टरब्याकले नेपाललाई एएफसी सोलिडारिटी कप च्याम्पियन बनाउन महत्वपूर्ण योगदान गरेका थिए। मलेसियामा भएको सोलिडारिटी कपको सेमिफाइनलमा नेपालले लाओसलाई २-२ को बराबरीपछि टाइब्रेकरमा पराजित गरेको थियो। उक्त खेलमा अनन्तले हेडद्वारा एक गोल गरेका थिए। गत वर्ष घुँडाको शल्यक्रिया गरेरपनि खेलमा पुनरागमन गरेका उनले निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्।

मनिता श्रेष्ठ प्रधान लगातार दोस्रो वर्ष उत्कृष्ट युवा खेलाडीको मनोनयमा परेकी हुन्। अघिल्लो वर्ष १२औं दक्षिण एसियाली खेलकुदमा रजतपदक जितेकी उनी नेपाली जुडोकी एक प्रतिभाशाली खेलाडी हुन्। उनले २०७३ सालमा भारतको कोचीमा भएको १०औं क्याडेट एसियन जुडो च्याम्पियनसिपमा कांस्यपदक जितेकी थिइन्। उक्त च्याम्पियनसिपमा उनी ३ खेल जितेर कांस्यसम्म पुगेकी थिइन्।

मनिताले गत वर्ष सम्पन्न घरेलु प्रतियोगितामा पनि अपराजित रहेकी थिइन्। उनले सातौं राष्ट्रिय खेलकुद, उपत्यकाव्यापी अम्बिका स्मृति जुडो च्याम्पियनसिप र ओलम्पिक डे सिनियर जुडोमा स्वर्णपदक कब्जा गरेकी थिइन्। उनी अम्बिका स्मृति जोडोकी सर्बोत्कृष्ट खेलाडी पनि चुनिएकी थिइन्। उनले गत वर्ष उज्वेकिस्तानमा भएको एसियन जुडो च्याम्पियनसिपमा पनि प्रतिस्पर्धा गरेकी थिइन्।

सुनसरीकी कमला श्रेष्ठ नेपाली भारोत्तोलनकी उदीयमान खेलाडी हुन्। उनले दुई वर्षयता लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएकी छन्। त्रिभुवन आर्मी क्लबमा आबद्ध उनले २०७३ सालमा चार राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्। उनले जापानमा भएको युथ एन्ड जुनियर एसियन भारोत्तोलन च्याम्पियनसिपमा कुल १४० केजी उचाल्दै सिनियरकै कीर्तिमान तोडेकी थिइन्। सातौं राष्ट्रिय खेलकुदमा पनि तीन राष्ट्रिय कीर्तिमानसहित उनले स्वर्णपदक हात पारेकी थिइन्। त्यस क्रममा उनले १२ वर्ष पुरानो झन्ट कटवालकोसमेत कीर्तिमान तोडेकी थिइन्। उनले स्न्याच ६६ केजी, क्लिन एन्ड जर्क ७९ केजी गरी कुल १ सय ४५ केजी उचालेकी थिइन्। उनी पाँचौं ग्राँ प्रि भारोत्तोलनका पनि स्वर्णपदक विजेता हुन्।

प्रतिभा टिन एजमै नेपाली भलिबकी मुख्य खेलाडीको रुपमा स्थापित भएकी छन्। उनले गत वर्ष न्यु डायमन्ड एकेडेमीलाई ४ उपाधि दिलाउन मुख्य खेलाडीको रुपमा योगदान गरेकी थिइन्। न्यु डायमन्ड खुला भलिबल (लामाचौर), एन्भीए क्लब च्याम्पियनसिप छनोट, आईजीपी कप र दिदी–बहिनी कप (कुश्मा) मा च्याम्पियन भएको थियो। उनको टिम सातौं राष्ट्रिय खेलकुदसहित ३ प्रतियोगितामा उपविजेता र १ मा तेस्रो भएको थियो।

४ प्रतियोगितामा बेस्ट प्लेयर भएकी प्रतिभा ढोरपाटनमा पपुलर प्लेयर, शेरबहादुर खड्का स्मृतिमा स्पेसल अवार्ड र पोखरा महिला भलिबलमा बेस्ट स्पाइकर घोषित् भएकी थिइन्। उनी माल्दिभ्सको मिस्किमागुबाट खेल्दै अल मुदिस वुमेन्स नेसनल च्याम्पियनसिपमा विजेता पनि भएकी थिइन्। उक्त च्याम्पियनसिपमा उनले सर्बोत्कृष्ट बिदेशी खेलाडीको अवार्ड जितेकी थिइन्। उनी ४ पल्ट क्वीन अफ द म्याच पनि भएकी थिइन्। मालेमा भएको महिला विश्वकप छनोटको नेपाली राष्ट्रिय टिमबाट खेल्दा उनी सेकेन्ड बेस्ट आउटसाड अट्याकर पनि चुनिएकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell