काठमाडौं : क्यान्सर रोगको त्रास विरुद्ध लघु फिल्म निर्माण भएको छ। क्यान्सर बारेमा चेतना मूलक सन्देश सहित बिङ होमो सेपियन्सले ओम हस्पिटलसँगको सहकार्यमा फिल्म निर्माण गरेको हो।
सामाजिक कार्यमा सक्रिय डाक्टर दिलजान मन्सुरको परिकल्पना तथा कथामा लघु फिल्म बनाइएको हो। फिल्मको मुल नारा 'क्यान्सर राक्षस होइन' भन्ने रहेको छ। फिल्मलाई कर्ट नामले परिचित डाक्टर मन्सुर र निर्मल श्रेष्ठले गरेका हुन्।
फिल्ममा दीपक क्षेत्री, बिपना बस्नेत, डाक्टर कर्ट, स्मृती राणा, अनुजा राणा लगायतको अभिनय रहेको छ। फिल्मको सम्पादन र छायांकन निर्देशक समेत रहेका निर्मल मुल्मी श्रेष्ठले गरेका हुन्।