PahiloPost

Dec 18, 2024 | ३ पुष २०८१

फिल्म रिलिजका लागि मिति बुक गर्नेको लर्को, हुँदैनन् टार्गेट पुरा



पहिलोपोस्ट

फिल्म रिलिजका लागि मिति बुक गर्नेको लर्को, हुँदैनन् टार्गेट पुरा

काठमाडौं : बिहीबार फिल्म 'साढे सात'को ट्रेलर रिलिजसँगै फिल्म प्रदर्शन मिति समेत घोषणा भयो। फिल्म मंसिर १५ गतेबाट सार्वजनिक हुने फिल्म युनिटले बतायो। तर, रिलिज मिति तय गर्ने यो फिल्म  मात्र भने होइन। हरेक साता जस्तो फ्राइडे रिलिजमा २ देखि ३ वटासम्म फिल्म जुधेपछि ५/६ महिना अगाडि नै निर्माताहरुले रिलिज मिति तय गर्न थालेका छन्।

कति फिल्मले त रिलिज मिति तय गर्न नसकेपछि ३ पटकसम्म मिति परिवर्तन पनि गर्छन्। त्यसका गतिलो उदाहरण हो फिल्म ग्याङ्स्टर ब्लूज जुन तेस्रो पटक घोषणा गरिएको मितिमा सार्वजनिक भयो।

अनमोल केसीको फिल्म कृ ले फ्लोरमा निस्कदाँ यही भदौ ८ मा रिलिज हुने भनिएको थियो। फस्ट लुक सार्वजनिक हुँदा कार्तिक ३ गते सार्वजनिक हुने बताइयो। दुवै टार्गेट संयोग नभएपछि फिल्म युनिटले नयाँ मिति माघ ७ मा हुने भनिएको छ। फिल्मको रिलिज अझै अन्यौलतामा देखिन्छ।

फिल्म जोनी जेन्टलम्यानले पनि जेठ १९ लाई रिलिज टार्गेट गरिएको थियो। तर, जेठमा फिल्म प्रदर्शन भएन। फिल्म युनिटले पोस्टर रिलिजसँगै नयाँ रिलिज डेट तय गर्‍यो भदौ ३०। अर्को फिल्म रोमियोले पनि बैशाख १९ लाई टार्गेट गरेर सुटिङमा उत्रियो तर, स्थानीय तहको निर्वाचनको बाहानामा साउन २७ लाई फिल्म प्रदर्शन पछि धकेले। दोस्रो पटक पनि सार्वजनिक नभएको फिल्म अब कार्तिक १७ मा रिलिज हुने भनिएको छ।

सोही दिनका लागि फिल्म 'झ्यानाकुटी'ले पनि रिलिज तय गरेको छ। यी दुवै फिल्मको पर्दाको भिडन्त भने रोचक रहनेछ। किनकी रोमियोमा मुख्य अभिनेत्री रहेकी निशा अधिकारीको निर्माण हो फिल्म झ्यानाकुटी। झ्यानाकुटीको पनि कार्तिक पहिलो साता भने होइन। यसअघि भदौमै फिल्म रिलिज घोषणा भएको थियो।

पछिल्लो समयमा फिल्म जुध्नु निकै सामान्य बनेको छ। किनकी यही भदौ ८ गते मात्र चार नेपाली फिल्महरु 'स्काउट', 'देश खोज्दै जाँदा', 'हामी शरणार्थी', र 'धुम-२' एकसाथ पर्दामा उत्रिए। कार्तिक २ का लागि लक्ष्मी पूजालाई लक्षित गरी फिल्महरु ऐश्वर्य, रुद्रप्रिय र रानी सार्वजनिक हुने भनियो। किन कार्तिक २ का लागि रिलिज जुधाउनु भएको, भन्ने प्रश्नमा 'रानी'का निर्देशक दयाराम दाहालले भने, 'हामीले पहिले नै मनमनै मिति तय गरेका थियौं। घोषणा अरुले चाडो गरे।'

ऐश्वर्य फिल्म युनिटले फिल्म बजारलाई ध्यानमा राखेर ऐश्वर्य रिलिज एक सातापछि धकेलेको छ। फिल्म अब कार्तिक ९ गते मात्र सार्वजनिक हुँदैछ। तर, सिंगल रिलिज खोज्दै टाढिएको ऐश्वर्यासँग जुध्ने भएको छ फिल्म 'मेरो पैसा खोइ?' रोज राणाद्वारा निर्मित फिल्म आन्तरिक लफडाका कारण ढिला प्रदर्शन हुँदैछ। फिल्म निर्देशक पैसा लिएर भागेपछि राणा स्वयंमले फिल्म निर्देशन गरेका छन्।

मिति तय गर्ने तर टार्गेट नगर्ने। फिल्म नीता ढुङ्गानाको मुख्य अभिनय रहेको फिल्म 'रेस'ले मंसिर १ गतेलाई रिलिज टार्गेट गरेको छ। त्यस्तै अर्को फिल्म 'फिक्का'ले पनि मंसिर १ मा नै रिलिज घोषणा गरेपछि फिल्म रेसले पर्दामा रेस गर्न पर्ने पक्का भएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell