PahiloPost

Jan 11, 2025 | २७ पुष २०८१

प्रहरीको सेफ्टी पिन स्टिङ अपरेसनमा ७० जना पक्राउ, विवाहित पुरुषले बढी गर्छन् दुर्व्यवहार



सविन ढकाल

प्रहरीको सेफ्टी पिन स्टिङ अपरेसनमा ७० जना पक्राउ, विवाहित पुरुषले बढी गर्छन् दुर्व्यवहार

काठमाडौं : महिलालाई दुर्व्यवहार गर्ने नियतले सार्वजनिक सवारी साधन चढ्नेहरुलाई कारबाहीको दायरामा ल्याउन प्रहरीले साउन दोस्रो सातादेखि उपत्यकामा सञ्चालन गरेको सेफ्टी पिन स्टिङ अपरेसनमा अहिलेसम्म ७० जना पक्राउ परेका छन्। तीमध्ये ४७ जनालाई महिला दुर्व्यवहारको कारबाही चलाइएको छ।
  
पक्राउ पर्नेमा तीन जना भारतीय नागरिकसमेत रहेका छन्।

पक्राउ परेका मध्ये २४ जनालाई सार्वजनिक अपराधअन्तर्गत मुद्दा चलाइएको छ। बाँकीलाई भने सम्झाई बुझाई पठाइएको महानगरीय प्रहरी कार्यालय महिला सेल प्रमुख प्रहरी निरीक्षक शर्मिला गुरुङले बताइन्। 

प्रहरीले सवारी साधनमा महिलामाथि हुने दुर्व्यवहारलाई नियन्त्रण गर्न उपत्यकाका तीन जिल्लाहरुमा सय जना प्रहरी सादा पोशाकमा परिचालन गरेको छ। 

प्रहरी निरीक्षक शर्मिला गुरुङ।
प्रहरीको नियन्त्रणमा पर्नेहरु १५ देखि २५ वर्ष उमेर समूहका रहेका छन्। ‘नियतवश नै दुर्व्यवहार हुने गरेको देखिएको छ’, निरीक्षक गुरुङ भन्छिन्, 'साधारण पढेलेखेका मानिस बढी भएपनि डिग्री पास गरेका समेतले दुर्व्यवहार गर्ने गरेको भेटिएको छ।' 

उपत्यकाभित्रका कालिमाटी, कोटेश्वर, कलंकी, बसपार्क, जाउलाखेल, भक्तपुर लगायतका स्थानमा महिलामाथि बढी दुर्व्यवहार हुने गरेको प्रहरीको दावी छ। 

साना सवारीभन्दा ठूला बस र नेपाल यातायातमा यस्ता घटना भएको उनले बताइन्। अफिस समयमा यस्ता घटना घट्ने गरेका छन्। बेलुका ७७ प्रतिशत र बिहान २३ प्रतिशत घटना हुने गरेको देखिएको छ। 

प्रहरीको अनुसन्धानमा यसरी महिलामाथि दुर्व्यवहार गर्ने अधिकांश विवाहित पुरुष नै हुने गरेको प्रहरी निरीक्षक गुरुङ बताउँछिन्। घटना भएपछि पीडित महिलाले नै उजुरी नदिने र प्रहरीलाई खबर नगर्दा दुर्व्यवहार गर्नेलाई प्रश्रयसमेत मिल्ने गरेको उनले बताइन्। 

'धेरै जसो महिला दुर्व्यवहार भए पनि सहेर नै बस्नुहन्छ। उहाँहरु प्रहरीकोमा आउनै चाहनुहुन्न। त्यसैले अपरेसनमा केही असहज भएको छ,' उनले भने।

महिलाले उजुरी दिए उनको नाम गोप्य रहने भएकाले प्रहरीलाई सहयोग गर्न उनले आग्रह छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell