PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

नुवाकोटको ठाना भञ्ज्याङमा बस दुर्घटना, ३ जनाको मृत्यु, २९ घाइते



रासस

नुवाकोटको ठाना भञ्ज्याङमा बस दुर्घटना, ३ जनाको मृत्यु, २९ घाइते

नुवाकोट :  नुवाकोटको शिवपुरी गाउँपालिका– ७ ठाना भञ्ज्याङमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन्। 

काठमाडौंबाट नुवाकोटको खरानीटार गइरहेको बा १ ख ६३४९ नम्बरको बस नुवाकोटको शिवपुरी गाउँपालिका– ७ ठाना भञ्ज्याङमा दुर्घटना हुँदा तीन महिलाको घटनास्थलमै मृत्यु भएको हो।

मृतकको पहिचान खुल्न सकेको छैन। घाइते अधिकांशको अवस्था गम्भीर रहेको र उपचारको लागि काठमाडौं पठाइएको छ। 

घुम्ती मोड्दा दुर्घटना भएको बस सडकबाट ३५० मिटर तल खसेको प्रहरी नायब उपरीक्षक मधुकर विष्टले जानकारी दिए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell