PahiloPost

Jul 3, 2024 | २० असार २०८१

फोटोमा हेर्नुस् मलेसियामा प्रशिक्षण गर्दै नेपाली यू-१९ क्रिकेट टोली

फोटोमा हेर्नुस् मलेसियामा प्रशिक्षण गर्दै नेपाली यू-१९ क्रिकेट टोली

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : एसीसी यू-१९ इस्टर्न रिजनल कप क्रिकेट प्रतियोगिता खेल्न नेपाली यसवा क्रिकेट टोली अहिले मलेसियामा छ।

सोमबार बाट शुरु हुने प्रतियोगिता खेल्न नेपाली यू-१९ टोली शुक्रबारै मलेसिया पुगेको हो। नेपाली टोलीले शनिबार किनरारा ओभलमा प्रशिक्षण समेत गरेको थियो।

पहिलो पटक दीपेन्द्र सिंह ऐरीले नेपाली युवा टोलीको कप्तानी गर्दैछन्। नेपालले पहिलो खेल सोमबार थाइल्याण्डसँग खेल्नेछ।

नेपाल रहेको समूहमा थाइल्याण्डसँगै सिंगापुर र भुटान पनि छ। कप्तान दीपेन्द्रले नेपालको लक्ष्य उपाधि जित्दै यू-१९ एसिया कपमा छनोट हुने रहेको बताएका छन्।

शनिबार नेपालले गरेको प्रशिक्षणको फोटोहरु:



ट्रेन्डिङ पोस्ट

Ncell