PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

स्पोर्ट्स अवार्डको रौनक : कार्टुन क्रुजदेखि आस्था राउत, काठमाडौं सर्कस र सन्दीप क्षेत्रीसम्मको प्रस्तुती

स्पोर्ट्स अवार्डको रौनक : कार्टुन क्रुजदेखि आस्था राउत, काठमाडौं सर्कस र सन्दीप क्षेत्रीसम्मको प्रस्तुती

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफले आयोजना गरेको नेपाली खेलकुद क्षेत्रकै सबैभन्दा लोकप्रिय र प्रतिष्ठित पल्सर स्पोर्ट्स अवार्ड-२०७३ सोमबार सम्मपन्न भएको छ। १४औँ संस्करणमा फुटबलका किरण कुमार लिम्बु र ब्याड्मिन्टनकी नङसल तामाङ वर्षको उत्कृष्ट खेलाडी घोषित भए भने एथ्लेटिक्कसकी कान्छीमाया कोजु पिपुल्स च्वाइस अवार्ड जित्न सफल भइन्।

विभिन्न ८ विधामा अवार्ड प्रदान गरिएको समारोहमा पुरुष भलिबल टिम टिम अफ दि इयर घोषित भयो।

यसबाहेक प्रज्ञा भवनमा भएको अवार्डमा विभिन्न खालका मनोरञ्जनात्मक प्रस्तुती पनि आकर्षण बनेका थिए।

शुरुमै कार्टुन क्रुजले आफ्नो प्रस्तुती दिएकर उपस्थित दर्शकलाई मनोरञ्जन दिलाएका थिए। अवार्ड समारोहको बीच बीचमा उक्त प्रस्तुती भएको थियो।

गायिका आस्था राउतले आफ्नो चर्चित गीत चौबन्दी र चोली लगायत चर्चित गीतहरु गाए भने स्ट्याण्ड अफ कमेडियन सन्दीप क्षेत्रीले नेपाली खेकलुदको अवस्थालाई व्यङ्य गर्दै हास्य प्रस्तुती दएका थिए।

त्यसबाहेक काठमाडौं सर्कसले ८ मिनेट लामो आर्कषक प्रस्तुती दिएकव थियो। १२औँ साग गेम्समा स्वर्ण जितेकी निमा घर्ती मगर सहितको उसु टिमले पनि विभिन्न गीतमा नृत्य प्रस्तुत गरेको थियो।

 



ट्रेन्डिङ पोस्ट

Ncell