PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

डिआइजी सिलवालले राजीनामा दिए, कीर्ते मुद्दामा अनुसन्धान गर्ने तयारी



सविन ढकाल

डिआइजी सिलवालले राजीनामा दिए, कीर्ते मुद्दामा अनुसन्धान गर्ने तयारी

काठमाडौँ : सर्वोच्च अदालतले आफ्नो रिट खारेज गरिदिएपछि डिआइजी नवराज सिलवालले राजीनामा दिने बताएका छन्। 

सर्वोच्च अदालतको आदेश सार्वजनिक भएको केही समयपछि पहिलोपोस्टसित कुरा गर्दै डिआइजी सिलवालले आफूले न्याय नपाएको अनुभूति गरेको पहिलोपोस्टलाई बताए।


वरियतामा आफू एक नम्बरमा रहेको र कार्य सम्पादन मूल्यांकनमा पनि आफू नै अगाडि रहेकोमा सरकारले प्रकाश अर्याललाई आइजीपी बनाइएको भन्दै सिलवाल अदालत पुगेका थिए । लामो समयको बहसपछि म‌ंगलबार प्रधानन्यायाधीश गोपाल पराजुलीसहितको बृहद् पूर्ण इजलासले डिआइजी नवराज सिलवालको रिट खारेज गरिदिएको छ।
सँगै ब्याचका डिआइजीहरु एआइजीमा बढुवा भइसके पनि सिलवाल भने अहिलेसम्म डिआइजीमै छन्। हाल उनको सरुवा राष्ट्रिय सुरक्षा परिषद्को कार्यालयमा भएको छ। तर अदालती मुद्दा चलेदेखि उनी विदामा छन्। 

उता, अदालतमा फर्जी कार्यसम्पादन मूल्याङ्कन फाइल पेश गरेको आरोपका सम्बन्धमा अनुसन्धान हुने भएको छ। काठमाडौँ प्रहरी परिसरले यस विषयमा अनुसन्धान थाल्ने प्रहरी हेडक्वार्टर स्रोतले बतायो।

फर्जी कासमूको विषयमा अनुसन्धानका लागि डिआइजी सिलवालसँग यसअघि बयान लिँदा बन्दी प्रत्यक्षीकरण रिट दर्ता भई मुद्दाको टुङ्गो नलागुन्जेल यो विषयमा छानबिन नगर्न सर्वोच्च अदालतले आदेश दिएको थियो। 
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell