PahiloPost

Sep 30, 2024 | १४ असोज २०८१

निर्वाचनको प्रचारप्रसार आजसम्म, अन्तिम समयमा शीर्ष नेतालाई भ्याइ–नभ्याई



पहिलोपोस्ट

निर्वाचनको प्रचारप्रसार आजसम्म, अन्तिम समयमा शीर्ष नेतालाई भ्याइ–नभ्याई

काठमाडौं : तस्रो चरणको स्थानीय तह निर्वाचनमा प्रतिस्पर्धामा रहेका उम्मेदवारहरुले आज अन्तिम दिन प्रचारप्रसार गर्दैछन्। निर्वाचन आचार संहिताका कारण शुक्रबार मध्यरातबाट उम्मेद्वारले प्रचारप्रसार गर्न पाउने छैनन्। शुक्रबार मध्यरातदेखि मौन अवधि सुरु हुँदैछ।

मौन अवधिको पूर्वसन्ध्यामा प्रमुख दलका शीर्ष नेताहरु प्रदेश नम्बर २ पुगेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवा यसअघि नै प्रदेश २ पुगिसकेका छन्। देउवाले आज वीरगञ्ज र कलैयाको सभालाई सम्बाेधन गर्दैछन्।

यस्तै, आजै प्रदेश २ मा जान लागेका एमाले अध्यक्ष केपी शर्मा ओलीले सिमरा र बर्दिबासमा सम्बाेधन गर्ने कार्यक्रम छ।

करिव एक महिनादेखि मधेस दौडमा रहेमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रौतहट सर्लाही र पर्साका सभालाई सम्बाेधन गर्दैछन्।

निर्वाचन आचारसंहिता अनुसार शुक्रबार मध्यरातदेखि मतदातालाई प्रभावित पार्ने र प्रचारका कुनै पनि काम उम्मेद्वारले गर्न पाउँदैनन्।

मौन अवधिको आचारसंहिता सञ्चार माध्यमलाई समेत लागू हुनेछ। निर्वाचनको प्रचारप्रसारका लागि रेडियो, टेलिभिजन, पत्रपत्रिकामा समेत मौन अवधिमा विज्ञापन गर्न पाइँदैन।

निर्वाचनका लागि खटिएका कर्मचारीहरुले मौन अवधिभित्रै मतदान केन्द्रहरु तयार गर्नेछन्।

त्यस्तै सामाजिक सञ्जाल फेसबुक, ट्विटर लगायतमा समेत मौन अवधिमा प्रचारप्रसार गर्न निर्वाचन आयोगले रोक लगाएको छ।

आयोगले जारी गरेको निर्वाचन आचार संहिता अनुसार मौन अवधिमा ’एसएमएस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचनमा प्रचार प्रसार गर्न नहुने’, उल्लेख छ।

त्यस्तै दलका उम्मेद्वारहरुले राजनीति दलको चिन्ह अंकित टिसर्ट, टोपी र स्टीकर प्रयोग गर्न समेत पाउने छैनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell