काबुलः अफगानिस्तानका राष्ट्रपति असरफ घानी छिमेकी देश तुर्कमेनिस्तानको भ्रमणमा गएका छन्।
एकदिने औपचारिक भ्रमणमा निस्कएका राष्ट्रपति घानीले तुर्कमेनिस्तानको सहर अस्गाबाटमा समकक्षीसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम रहेको अफगान राष्ट्रपतिको कार्यालयले जनाएको छ।
उनी तुर्कमेनिस्तानको राजधानी अस्गाबाटमा आयोजना गरिएको पाँचौ एसियन इन्डोर गेम २०१७ को उद्घाटन समारोहमा सहभागी हुनेछन्।
भ्रमणका क्रममा घानीले आफ्ना समकक्षीहरु तुर्कमेनिस्तानका राष्ट्रपति गर्बाङ्गुली बेर्डीमुखामेडेभ र ताजिकिस्तानका राष्ट्रपति इमोमाली राहमोनसँग छुट्टाछुट्टै भेटवार्ता गर्नेछन्।रासस/सिन्ह्वा