PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

निर्धक्क भएर भोट हाल्नुस् : निर्वाचन आयोग



पहिलोपोस्ट

निर्धक्क भएर भोट हाल्नुस् : निर्वाचन आयोग
फाइल फोटो

काठमाडौं : निर्वाचन आयोगले प्रदेश नम्बर-२ मा भोलि हुने स्थानीय तह निर्वाचनमा निर्धक्क भएर मतदानमा सहभागी हुन आह्वान गरेको छ। प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले आज पत्रकार सम्मलन गरी सीमा नाकादेखि मतदान केन्द्र र पुरै प्रदेश नम्बर दुईको निर्वाचन सुरक्षा चुस्त बनाइएको भन्दै निर्धक्क भएर मतदानमा सहभागी हुन मतदाताहरुलाई अपील गरेका हुन्।

'सुरक्षा निकायले शान्ति सुरक्षाको अवस्थालाई भरपर्दो बनाएको हुँदा कोही कसैबाट जनताको मताधिकारलाई कुण्ठित गराउने प्रयास भएमा सुरक्षाकर्मीले त्यस्ता प्रयासलाई विफल पार्ने कुरामा आयोग विश्वस्त छ,' प्रमुख आयुक्त यादवले भने, 'सीमा क्षेत्रबाट हुन सक्ने अवान्छित घुस पैठलाई रोक्न आयोगले सुरक्षा निकायलाई आवश्यक निर्देशन दिइसकेको छ। तसर्थ तपाईको अमूल्य मत कसैको लोभ, डर, त्रास र धम्कीमा नपरी स्वतन्त्ररूपमा विवेकपूर्ण निर्णय गरेर गोप्यरूपले प्रदान गर्नु हुने कुरामा आयोग ढुक्क रहेको छ।'

प्रमुख आयुक्त यादवले मौन अवधीको सम्मान गर्दै आचारसंहिताको पालना गरिदिन समेत आग्रह गरे।

प्रदेश नम्बर दुईमा एक महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ वटा स्थानीय तह छन्। ती स्थानीय तहमा ६ हजार छ सय २७ जना प्रतिनिधिहरु निर्वाचित हुनेछन्।

६ हजार ६सय २७ निर्वाचभित हुने १३६ स्थानीय तहमा झण्डै छ गुणाभन्दा बढी उम्मेदवारी परेको छ। ३७ हजार २३६ उम्मेदवार प्रतिस्पर्धामा रहेकोमा ३९ प्रतिशत अर्थात १४ हजार ३३७ जना महिला रहेकाछन्।
 
२२ हजार ८६१ जना पुरुष उम्मेद्वार रहेकोमा उपाध्यक्ष तथा उपप्रमुखमा भने १९७ जना मात्र पुरुष छन्। उपाध्क्षा तथा उपप्रमुखमा ९ सय १९ जना महिला उम्मेदवार रहेकोमा नगरप्रमुख तथा अध्यक्षमा भने ६१ जना मात्र छन्। प्रमुख पदमा १३६ निर्वाचित हुनेमा एक हजार सात सय ७० जनाको उम्मेदवारी परेको छ। वडाध्यक्षमा पुरुष ८ हजार ५२ जना र महिला २२३ जना उम्मेदवारहरू निर्वाचनको मैदानमा छन्।

प्रदेश नम्बर दुइका १३६ स्थानीय तह अन्तर्गत दुई हजार १६६ मतदान स्थलमा तीन हजार ५७८ मतदान केन्द्र रहेका छन्। मतदान कार्यलाई व्यवस्थित गर्न ६० हजार सुरक्षाकर्मी र ३१ हजार पाँच सय जना कर्मचारी परिचालन गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell