PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

धातुलाई सुनको जलप लगाएर बेच्ने गिरोह पक्राउ



पहिलोपोस्ट

धातुलाई सुनको जलप लगाएर बेच्ने गिरोह पक्राउ

पोखराः नक्कली सुन बेच्ने कार्यमा संलग्न गिरोह पक्राउ परेको छ। विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई तनहुँको कोत्रेबाट नियन्त्रणमा लिएको थियो।

कोत्रेबाट पक्राउ परेका उनीहरुसँग डेढ किलो नक्कली सुन पनि फेला पारेपछि अनुसन्धानको क्रममा पोखरा क्षेत्रमा उनीहरुले नक्कली सुनको कारोबारमा संलग्नता भेटिएको प्रहरी नायव उपरीक्षक खड्कबहादुर खत्रीले जानकारी दिए।

प्रहरीका अनुुसार नक्कली सुन कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ पर्नेमा तनहुँ म्याग्दे गाउँपालिका २ का रविराज खनाल र बाग्लुङ बुर्तिवाङ २ स्थायी घर भई हाल ढोरपाटन नगरपालिका २ सलाङकोट बस्ने छमबहादुर खत्री केसी, र लमजुङको मस्र्याङ्दी गाउँपालिका ३ का राजु तामाङ र सुन्दरबजार नगरपालिका ८ का प्रेमबहादुर परियार रहेका छन्।

पक्राउ परेकामध्ये खनाल र खत्रीले धातुलाई सुनको जलप लगाएर एक किलो ५ सय ग्राम बनाएर १६ लाखमा बिक्री गर्ने तयारी गरेको बताएका थिए।

घटनामा संलग्न रहेका राजु तामाङ र प्रेमबहादुर परियारलाई प्रहरीले नक्कली सुन बेचेको उजुरीकै आधारमा पक्राउ गरेको हो।

उनीहरु भदौ १९ गते पोखरा लेखनाथ महानगरपालिका २६ बुढीबजारकी सरस्वती गुरुङलाई सुनको मूर्ति भन्दै नक्कली सुनको मूर्ति करिव ७ लाखमा धितो राखेर फरार भएका थिए।

धितो राखिएको मूर्ति लामो समयसम्म लिन नआएपछि गुरुङले आफू ठगीमा परेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन्।

प्रहरीमा जाहेरी दिए पछि प्रहरीले उक्त गिरोहको खाजतलासलाई ब्यापर परेको थियो । त्यसै क्रममा प्रहरीले गिरोह मध्येका खनाल र केसी लाई १ किलो ५ सय ग्रामको नक्कली सुन सहित पक्राउ गर्न सफल भएको थियो ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell