PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

प्रहरीको नजरमा शान्तिपूर्ण भइरहेछ निर्वाचन



पहिलोपोस्ट

प्रहरीको नजरमा शान्तिपूर्ण भइरहेछ निर्वाचन

काठमाडौं : नेपाल प्रहरीले दुई नम्बर प्रदेशका आठ जिल्लामा शान्तिपूर्णरुपमा स्थानीय तहको निर्वाचन भइरहेको जानकारी दिएको छ।
नेपाल प्रहरीका प्रवक्ता डिआइजी मनोज न्यौपानेले सुरक्षा तयारी मजबुद बनाइएकाले केही स्थानबाहेक अधिकांश स्थानमा शान्तिपूर्णरुपमा भोट खसिरहेको बताए। 

सरकारले प्रदेश नम्बर २ मा ६० हजारभन्दा बढी सुरक्षाकर्मी खटाएको छ। नेपाल प्रहरीको तर्फबाट ३० हजार  जना प्रहरी परिचालन गरिएको डिआइजी न्यौपानेले बताए। प्रहरीले कुनै पनि घटना हुन सक्ने आशंकामा ८ जिल्लाका विभिन्न स्थान र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा समेत इमेर्जेन्सी टोलीको व्यवस्था गरेको छ। 

पहिलो र दोस्रो चरणको निर्वाचनमा सरकारले ७५ हजार म्यादी प्रहरी परिचालन गरेको थियो।

सुरक्षाका दृष्टिले पहिलो र दोस्रो निर्वाचनको तुलानामा दुई नम्बर प्रदेशलाई बढी संवेदनशील मानिएको थियो। 


 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell