PahiloPost

Jul 7, 2024 | २४ असार २०८१

मतगणना अपडेट : मध्यरातसम्म वीरगञ्जमा कांग्रेसले उछिन्यो राजपालाई



राधेश्याम पटेल

मतगणना अपडेट : मध्यरातसम्म वीरगञ्जमा कांग्रेसले उछिन्यो राजपालाई
मतगणनास्थलमा सिसिटिभी राखेर तारजालीभित्र मतगणना भइरहेको छ।

वीरगञ्ज : वीरगञ्ज महानगरपालिकाको मंगलबार दिउँसोदेखि सुरु भएको मतगणना मध्यसम्म १६ सय मत गन्दा नेपाली कांग्रेसका मेयरले अग्रता लिएका छन्। 

वडा नम्बर १, २, ३, ३१ र ३२ का १६ सय मत गनिसक्दा नेपाली कांग्रेसका उम्मेदवार अजय द्विवेदीले ४४६ मतका साथ अग्रता लिएका हुन्। यसअघि अग्रता लिइरहेका राजपाका मेयर उम्मेदवार राजेशमान सिंह भने दोस्रो स्थानमा पुगेका छन्। उनी ३८० भोटका साथ अजयलाई पछ्याइरहेका छन्। 

संघीय समाजवादी फोरमका अजय सरावगीको मत २४३ रहेको छ। उनी अहिले तेस्रो स्थानमा छन्।  

माओवादी केन्द्रका युवा उम्मेदवार रहबर अन्सारीले १७६ मत ल्याएका छन्। त्यसैगरी नेपाल लोकतान्त्रिक फोरमका विमल श्रीवास्तवको १२० मत रहेको छ भने एमालेका बसरुद्दिन अन्सारी ८८ मतमा छन्। 

प्रदेश २ को एकमात्र महानगर वीरगञ्जमा कूल १ लाख ८ हजार ५०१ मतदाता रहेकोमा ८४ हजारको हाराहारीमा मत खसेको छ।


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell