PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

  • उच्च गर्मीका बिच वीरगंजमा खानेपानीको हाहाकार, घर-घरमा पुगेर स्थानीय सोध्छन् : पानी छ?

    उच्च गर्मीका बिच वीरगंजमा खानेपानीको हाहाकार, घर-घरमा पुगेर स्थानीय सोध्छन् : पानी छ?

    वीरगंज : वीरगंज महानगरपालिकामा खानेपानीको समस्या विकराल हुँदै गएको छ। विभिन्न व्यक्तिहरूले सामाजिक सञ्जालमार्फत खानेपानीको समस्या समाधान गर्न आग्रह समेत गरिरहेका छन्। वर्षायाममा डुबानमा पर्ने गरेको वीरगंज यतिखेर खानेपानीको चरम संकटबाट गुज्रिरहेको छ। चर्को गर्मीमा चापाकलको पानी पनि सुकेपछि टोलटोलका धारामा पानी लिनेहरूको लामो लाइन छ। चापाकल सुकेपछि केही ठोकुवा चापाकल गाडेर पानीको समस्या समाधान गर्दैछन् भने केहीले जारको पानी…

    विस्तृतमा पढ्नुस्

  • पर्साको गर्दौलमा अतिक्रमित जग्गा खाली गराउन प्रहरी परिचालन, स्थानीय विरोधमा उत्रिए

    पर्साको गर्दौलमा अतिक्रमित जग्गा खाली गराउन प्रहरी परिचालन, स्थानीय विरोधमा उत्रिए

    वीरगंज : जग्गाको विषयमा विवाद उत्पन्न भएपछि पर्साको विन्ध्यवासिनी गाउँपालिकाको गर्दौलमा तनावग्रस्त अवस्था सिर्जना भएको छ। गाउँपालिका अध्यक्ष प्रमोद तिवारीको निर्देशनमा विद्यालय र ऐलानी जग्गा खाली गराउने क्रममा तनाव सिर्जना भएको हो। गर्दौलमा विद्यालयको जग्गा २ विघा १५ धुर र गाउँपालिकाको करिब ६२ कठ्ठा ३ धुर सार्वजनिक जग्गा अतिक्रमणको चपेटामा परेको छ। सोही जग्गा खाली गराउन कार्यपालिकाको बैठकबाट ११ महीनाअघि…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजका मेयर सिंहको समूहले हातपात गरेको नापी कार्यालय प्रमुखको आरोपः मेयर भन्छन्, 'दुर्व्यवहार भएको छैन'

    वीरगंजका मेयर सिंहको समूहले हातपात गरेको नापी कार्यालय प्रमुखको आरोपः मेयर भन्छन्, 'दुर्व्यवहार भएको छैन'

    वीरगंजः नापी कार्यालय पर्साका प्रमुख नारायण श्रेष्ठले आफूलाई वीरगंज महानगरका प्रमुख राजेशमान सिंहले दुर्व्यवहार गरेको आरोप लगाएका छन्। श्रेष्ठले मेयरको समूहले कुटपिट गरेको पनि आरोप लगाएका छन्। बुधबार दिउँसो ४ बजे नगर प्रमुखसहितको टोली कार्यकक्षमा आएको र कठालो समाएर गाडीमा राखेर जिल्ला प्रशासन कार्यालय पर्सामा लगेको श्रेष्ठले बताए। उनले नगर प्रमुखले अपशब्द प्रयोग गरेको र जिल्ला प्रशासनको गेट अगाडि उनका…

    विस्तृतमा पढ्नुस्

  • कार्यकर्तालाई राजेन्द्र लिङदेनको निर्देशन, 'संसदमा बहुमत ल्याउने गरी काम गर्नुस्'

    कार्यकर्तालाई राजेन्द्र लिङदेनको निर्देशन, 'संसदमा बहुमत ल्याउने गरी काम गर्नुस्'

    वीरगंजः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले संसदमा बहुमत प्राप्त गर्नेगरी काम गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्। अध्यक्ष लिङ्देनले राप्रपाको मुख्य एजेन्डा संघीयता खारेजी, राजासहितको हिन्दू राष्ट्र भएको बताउँदै त्यसका लागि संसदमा बहुमत आवश्यक रहेको बताएका हुन्। वीरगंजमा मधेश प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले पार्टी संगठन कमजोर भएकाले आ-आफ्नो स्थानबाट सक्रिय हुन पनि सबैलाई…

    विस्तृतमा पढ्नुस्

  • समुदायको 'भोट बैंक' कब्जा गर्ने दाउमा दलहरु : बारामा पहिलो यादव, निर्णायक मत मुस्लिमको

    समुदायको 'भोट बैंक' कब्जा गर्ने दाउमा दलहरु : बारामा पहिलो यादव, निर्णायक मत मुस्लिमको

    वीरगंज : मधेशमा जातीय समुदायलाई भोट बैंककै रुपमा हेरिन्छ। चुनावको दिन नजिकिएसँगै उम्मेदवारहरू यही भोट बैंक कब्जा गर्ने रणनीति बनाउन जुटिरहेका छन्। बिहान होस् या बेलुका, घरदैलोदेखि रातिसम्मको प्रचारमा उनीहरूले पहिलो प्राथमिकता हो जातिगत मत। यसैगरी, गैर जातिगत मत तान्ने रणनीति दोस्रो प्राथमिकतामा परेको छ। मतदाता रिझाउन उम्मेदवारको 'टेक्निक' पनि थरीथरीको देखिन्छ। कोही मतदाताकै घरमा खाने, जबरजस्ती घरआँगन तथा खेतमा…

    विस्तृतमा पढ्नुस्

  • सिके राउतबारे प्रश्न सोध्दा उपेन्द्र यादवको जवाफ : म चिन्दिनँ, कोबाट परिचालित छन्, अनुसन्धान होस्

    सिके राउतबारे प्रश्न सोध्दा उपेन्द्र यादवको जवाफ : म चिन्दिनँ, कोबाट परिचालित छन्, अनुसन्धान होस्

    वीरगंज : बारा–२ उपनिर्वाचनमा सत्तारुढका साझा एवं जसपा अध्यक्ष उपेन्द्र यादव जनमत पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा डा.सदस्य सिके राउतको नाम सुन्न पनि चाहदैनन्। सञ्चारकर्मीहरुले सोमवार घरदैलोको क्रममा सिके राउतको नाम सुन्ने वितिक्कै आक्रोशित सुनिए यादव। यस्तै अवस्थाको सामना सञ्चारकर्मीहरुले बाराको महागढीमाई नगरपालिकाको बबुवाइन टोलमा गर्नुपर्‍यो। जसपा अध्यक्ष उपेन्द्र यादव घरदैंलो गर्दै थिए। मतदातालाई नमस्कार ठोक्दै अघि बढ्दै सञ्चारकर्मीहरुको समूहले उनलाई…

    विस्तृतमा पढ्नुस्

  • चुनाव नजिकिँदा यसरी तातियो बाराको माहोल : डिजेवाला गाडीदेखि भारतीय गाडीको लस्कर, भेटिए अटोमा भोट माग्ने पनि, कसको अवस्था के?

    चुनाव नजिकिँदा यसरी तातियो बाराको माहोल : डिजेवाला गाडीदेखि भारतीय गाडीको लस्कर, भेटिए अटोमा भोट माग्ने पनि, कसको अवस्था के?

    वीरगंज : मधेसमा गर्मीको राप जति बढ्दो छ, त्यो भन्दा चढ्दो छ चुनावी सरगर्मी। बारा २ मा यतिबेला राजनीतिक दलका नेताहरु चुनावी मैदानमा असिनपसिन देखिन्छन्। चुनावी दौडमा मुख्य दलका उम्मेद्वारलाई चिया पानी पिउने समय पनि मिलाउन सकिरहेका देखिँदैनन्। आइतवार महागढीमाइ नगरपालिकाको वडा १ स्थित बरियापुरमा घरदैलो गरिरहेका भेटिए जनता समाजवादी पार्टीका सांसद प्रदीप यादव। उनी वैशाख १० मा हुने चुनावमा…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजका युवक मृत अवस्थामा भेटिए मुम्बईमा, हत्याको आशंका

    वीरगंजका युवक मृत अवस्थामा भेटिए मुम्बईमा, हत्याको आशंका

    वीरगंज : वीरगंजका एक जना युवकको भारतमा रहस्यमय मृत्यु भएको छ। वीरगंज–१ छपकैया सिसौबारीका गणेश राउत कूर्मीका जेठो छोरा सोनालाल राउत कूर्मीको एक साता अगाडि मृत्यु भएको हो।  ३२ वर्षीय सोनालाल गत चैत २३ गते दिउँसो १ बजेबाट सम्पर्कविहीन भएका थिए। उनको शव चैत २६ गते बिहान महाराष्ट्रको मुम्बइस्थित कुर्ला स्टेसनबाट रक्सौल–मुम्बई जाने रेल(लोकमान-तिलक एक्सप्रेस)मा फेला परेको थियो। उनलाई टाउकोमा…

    विस्तृतमा पढ्नुस्

  • नयाँ वर्षको पूर्व सन्ध्यामा गुलजार बन्यो वीरगंज, तीन दिने रात्री बजारको रौनक

    नयाँ वर्षको पूर्व सन्ध्यामा गुलजार बन्यो वीरगंज, तीन दिने रात्री बजारको रौनक

    वीरगंज  : नयाँ वर्षको अवसरमा वीरगंजमा रात्री बजार लागेको छ। वीरगंज महानगरपालिकाको आयोजनामा लागेको रात्री बजारको बिहिबार राती पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादव र वीरगंज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले संयुक्त रुपमा उदघाटन गरे। तीन दिने रात्री बजारको उदघाटन गर्दै सांसद् यादवले नेपालको इतिहासमा पहिलो पटक वीरगंजमा रात्री बजारको आयोजना गरेकोमा महानगरलाई धन्यावाद दिए। उनले नयाँ वर्षको…

    विस्तृतमा पढ्नुस्

  • बारा २ मा रमेश खरेलको खातामा १५० मत, घन्टी रोजेका उनको कस्तो छ जनाधार?

    बारा २ मा रमेश खरेलको खातामा १५० मत, घन्टी रोजेका उनको कस्तो छ जनाधार?

    वीरगंज : बारा क्षेत्र नं २ मा गत संसदीय चुनावमा पराजित भएकाहरूबीच दोस्रो भिडन्त हुँदैछ। वैशाख १० गते हुने उपनिर्वाचनमा सप्तरी क्षेत्र नं २ बाट जनमत पार्टीका अध्यक्ष डा सिके राउतसँग १९ हजार ७१ मतान्तरले पराजित जसपाका अध्यक्ष उपेन्द्र यादवको चर्चा सबैभन्दा बढी छ यतिबेला। एनीहाउ, संसद छिर्ने दाउका साथ यादवले रामसहायप्रसाद यादवलाई उपराष्ट्रपतिमा पठाएका थिए। त्यसैले पनि विवादमा तान्दा…

    विस्तृतमा पढ्नुस्

  • सिर्सिया प्रदुषण मुक्त बनाउने जोडमा वीरगंज महानगर, कारखानाको पानी मिसाउने उद्योगहरुमा मेयरको छड्के

    सिर्सिया प्रदुषण मुक्त बनाउने जोडमा वीरगंज महानगर, कारखानाको पानी मिसाउने उद्योगहरुमा मेयरको छड्के

    वीरगंज : वीरगंज महानगर यति बेला सिर्सिया नदीलाई पुरानै अवस्थामा फर्काउन प्रयासरत छ। वीरगंजकै लाइफलाइन मानिने यस नदीको पानी सफा बनाउन महानगर सक्रिय बने पनि उद्योगहरुले भने टेरेको छैन। बुधवार वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहको नेतृत्वमा बुधवार अनुगमन टोली पुग्दा पनि उद्योगहरुले नदीमा प्रशोधन बिनै नदीमा पानी मिसाएको पाइयो। पटकपटकको निर्देशनलाई पनि अवज्ञा गर्दै वीरगंजका केही उद्योगहरुले प्रशोधन बिना नै प्रदुषित…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय गानको संगीतमाथि ओलीको प्रश्न : सयौं थुंगा फूलका अगाडि 'प्याँ प्याँ प्याँ प्याँ...' किन?

    राष्ट्रिय गानको संगीतमाथि ओलीको प्रश्न : सयौं थुंगा फूलका अगाडि 'प्याँ प्याँ प्याँ प्याँ...' किन?

    वीरगंज : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियगान सच्याउन आग्रह गरेका छन्। अखिल नेपाल पिछडा वर्ग महासंघको कार्यक्रमलाई वीरगंजमा सम्बोधन गर्दै ओलीले 'सयौं थुंगा फूलका हामी' मा रहेको धुनलाई सच्याउन माग गरे। उनले राष्ट्रिय गान बजाउँदा छातीमा हात राख्ने चलन नेपालको नभएको दाबी गरे। 'बुढी औंला फटाएर कुरकुच्चातिर जोडेर उभिन्छौं र सम्मान गर्छौं राष्ट्रिय गानलाई। छातीमा हात लगाउने प्रचलन…

    विस्तृतमा पढ्नुस्

  • महानगरले परिसरमै फोहोर थुपारेपछि दबावमा टेलिकम, थाल्यो काम

    महानगरले परिसरमै फोहोर थुपारेपछि दबावमा टेलिकम, थाल्यो काम

    वीरगंज : वीरगंज महानगरपालिकाले मंगलवार फोहोर लगेर कार्यालयमै थुपारि दिएपछि नेपाल टेलिकम दबावमा परेको छ। टेलिकमले खनेर अलपत्र छाडिएका सडक र फुटपाथ बुधवारदेखि मर्मत शुरु गरेको छ। वीरगंजको बाइपास सडकमा अप्टिकल फाइबर तार बिछ्याउने क्रममा टेलिकमले कालोपत्रे सडक र फुटपाथ खनेर महिनौंदेखि अलपत्र छाडेको आक्रोशमा मंगलवार बिहान महानगरपालिकाले शहरबाट संकलित ७ ट्याक्टर फोहोर श्रीपुरस्थित टेलिकमको प्रादेशिक निर्देशनालय कार्यालय परिसरभित्रै लगेर…

    विस्तृतमा पढ्नुस्

  • महानगरले टेलिकम परिसरमा यसरी फाल्यो फोहोरको डंगुर

    महानगरले टेलिकम परिसरमा यसरी फाल्यो फोहोरको डंगुर

    वीरगंज :वीरगंज महानगरपालिकाले नेपाल टेलिकमको कार्यालय परिसरमा फोहोर थुपारेको छ। श्रीपुरस्थित टेलिकमको क्षेत्रीय कार्यालय परिसरमा महानगरले फोहोर थुपारेको हो। फाइबर बिच्छ्याउँदा कालोपत्रे सडक र फुटपाथ खनेर महिनौंदेखि अलपत्र छाडेको आरोप लगाउँदै महानगरले टेलिकमको परिसरमा फोहोर थुपारेर जनाएको छ।  टेलिकमले कालोपत्रे सडक र फुटपाथ खनेर सडक बिगार्दा नगरवासीले पीडा भोग्नु परेको भन्दै महानगरले निर्माणका लागि पटकपटक आग्रह गर्दा पनि अटेर गरेपछि…

    विस्तृतमा पढ्नुस्

  • बारा २ मा को हाबी? उम्मेदवारहरुको आआफ्नै दाबी

    बारा २ मा को हाबी? उम्मेदवारहरुको आआफ्नै दाबी

    कलैया : बारा क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनमा प्रतिस्पर्धामा उत्रेका उम्मेदवारहरुले आफूहरुले नै जित्ने दाबी गरेका छन्। जनता समाजावादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले वैशाख १० गते हुने उपचुनावमा बारा २ बाट उम्मेदवारी दर्ता  गराएका छन्। उनले जिल्ला समन्वय समिति बारामा तोकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गरे। त्यसपछि प्रतिक्रिया दिँदै उनले भने, 'म बारावासीको सम्मानको लागि चुनवा लड्न…

    विस्तृतमा पढ्नुस्

  • बारा २ उपचुनाव : दिउँसो ३ बजेसम्म १८ जनाको उम्मेदवारी दर्ता

    बारा २ उपचुनाव : दिउँसो ३ बजेसम्म १८ जनाको उम्मेदवारी दर्ता

    कलैया : वैशाख १० गते हुने बारा क्षेत्र नं २ को उपचुनावको लागि आज उम्मेदवारी दर्ता भइरहेको छ। बाराको सदरमुकाम कलैयास्थित जिल्ला समन्वय समितिमा तोकिएको निर्वाचन अधिकृतको कार्यालयमा विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताहरुले बाजागाजासहित जुलुस निकालेर उम्मेदवारी दर्ता गरेका छन्। बिहान १० बजेदेखि साँझ ५ बजे सम्म उम्मेदवारी दर्ता गर्ने समय तालिका रहेको छ। दिउँसो ३ बजे सम्म विभिन्न राजनीतिक…

    विस्तृतमा पढ्नुस्

  • बारा २ बाट उम्मेदवारी दिन माओवादी छाडेर जनमत पसे शिवचन्द्र, कांग्रेसले सघाए पनि उपेन्द्र हार्ने सीके राउतको दाबी

    बारा २ बाट उम्मेदवारी दिन माओवादी छाडेर जनमत पसे शिवचन्द्र, कांग्रेसले सघाए पनि उपेन्द्र हार्ने सीके राउतको दाबी

    वीरगंज : बारा २ मा उपनिर्वाचन लड्न माओवादी केन्द्रका नेता शिवचन्द्र कुशवाहा जनमत पार्टी प्रवेश गरेका छन्। कुशवाहालाई जनमतका अध्यक्ष डा सीके राउतले बुधवार स्वागत गरे। जनमत उपनिर्वाचनमा कुशवाहालाई उम्मेदवार बनाउने गरी पार्टीमा प्रवेश गराएको हो। गत निर्वाचनमा एमाले–जसपा गठबन्धनका उम्मेदवार रामसहाय प्रसाद यादवसँग मात्र ३ सय ५४ मतले पराजित भएका कुशवाहा यसपटक जनमत पार्टीबाट उम्मेदवार भन्ने भएका छन्। रामसहाय उपराष्ट्रपतिमा…

    विस्तृतमा पढ्नुस्

  • सिर्सिया नदी प्रदुषण गर्नेमाथि कारवाहीको डण्डा चलाउँदै वीरगंज महानगर, पाँच वटा उद्योगलाई तोकियो १५ लाख जरीवाना

    सिर्सिया नदी प्रदुषण गर्नेमाथि कारवाहीको डण्डा चलाउँदै वीरगंज महानगर, पाँच वटा उद्योगलाई तोकियो १५ लाख जरीवाना

    वीरगंज : वीरगंज महानगरपालिकाले सिर्सिया नदी प्रदुषित गर्ने वीरगंजका पाँच वटा उद्योगलाई १५ लाख रुपैयाँ जरीवाना तोकिएको छ। महानगरपालिकाले वीरगंज - पथलैया औद्योगिक कोरिडोरमा रहेका पाँच वटा उद्योगलाई ३/३ लाखका दरले १५ लाख रुपैयाँ जरीवाना तोकिएको हो। महानगरपालिका वडा नम्बर २१ मा अवस्थित ग्लोबल लेदर उद्योग प्रालि, अर्निका प्रोसेसिङ उद्योग प्रालि, श्रीसिद्धि ट्याक्सटायल्स प्रालि, मरियम लेदर उद्योग प्रालि र वडा नम्बर ३२…

    विस्तृतमा पढ्नुस्

  • म्याद गुज्रेका समान 'रिप्याकिङ'को आशंका : वीरगंजका व्यवसायी अग्रवालको मसला उद्योगमा प्रशासनको छापा

    म्याद गुज्रेका समान 'रिप्याकिङ'को आशंका : वीरगंजका व्यवसायी अग्रवालको मसला उद्योगमा प्रशासनको छापा

    वीरगंज : वीरगंज–१३ राधेमाईस्थित ‘फुडको नेपाल प्रालि’ र ‘स्न्याक एण्ड प्याक इण्डष्ट्रिज प्रालि’ मा प्रशसनले छापा मारेको छ। जिल्ला प्रहरी कार्यालय पर्साको टोलीको नेतृत्वमा सरोकारवाला निकायको संयुक्त अनुगमन टोलीले मंगलवार मध्यान्ह १२ बजे छापा मारेको हो। गुणस्तरहीन उपभोग्य समान अर्थात म्याद गुज्रेको समान पुनः रिप्याकिङ गरी बजारमा बिक्री वितरण गर्दै आएको विशेष सूचनाको अधारमा प्रशासनको टोलीले छापा मारेको जिल्ला प्रहरी…

    विस्तृतमा पढ्नुस्

  • बारा २ मा सत्तारुढ दलबीच नै हानथाप : उपेन्द्रलाई जसरी पनि हराउने सीके राउतको मिसन!

    बारा २ मा सत्तारुढ दलबीच नै हानथाप : उपेन्द्रलाई जसरी पनि हराउने सीके राउतको मिसन!

    वीरगंज : उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित भएपछि बारा निर्वाचन क्षेत्र नम्बर २ मा निर्वाचत हुँदैछ। उक्त क्षेत्रमा वैशाख १० गते उपचुनाव हुने कार्यतालिका रहेको छ। उपचुनावको तयारी चलिरहँदा गत आम निर्वाचनमा हार व्यहोरेका मधेश केन्द्रित दलका शीर्ष नेताहरु यस क्षेत्रबाट चुनाव लड्ने चर्चा सुरु भइसकेको छ। जनता समाजवादी पार्टी नेपाल (जसपा)बाट अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)बाट…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell