PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

सिके राउतबारे प्रश्न सोध्दा उपेन्द्र यादवको जवाफ : म चिन्दिनँ, कोबाट परिचालित छन्, अनुसन्धान होस्



राधेश्याम पटेल

सिके राउतबारे प्रश्न सोध्दा उपेन्द्र यादवको जवाफ : म चिन्दिनँ, कोबाट परिचालित छन्, अनुसन्धान होस्

वीरगंज : बारा–२ उपनिर्वाचनमा सत्तारुढका साझा एवं जसपा अध्यक्ष उपेन्द्र यादव जनमत पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा डा.सदस्य सिके राउतको नाम सुन्न पनि चाहदैनन्। सञ्चारकर्मीहरुले सोमवार घरदैलोको क्रममा सिके राउतको नाम सुन्ने वितिक्कै आक्रोशित सुनिए यादव। यस्तै अवस्थाको सामना सञ्चारकर्मीहरुले बाराको महागढीमाई नगरपालिकाको बबुवाइन टोलमा गर्नुपर्‍यो।

जसपा अध्यक्ष उपेन्द्र यादव घरदैंलो गर्दै थिए। मतदातालाई नमस्कार ठोक्दै अघि बढ्दै सञ्चारकर्मीहरुको समूहले उनलाई घेर्दै प्रश्न तेर्स्याए,‘तपाईं चुनावमा हार्दै हुनुहुन्छ, सिके राउतको पार्टीले कडा टक्कर दिंदैछ भन्ने सुनिंदैछ?’आक्रोशित हुँदै यादवले जवाफ फर्काए, ‘को हुन् सिके राउत, कोबाट परिचालित छन्? यो खोजको विषय हुनसक्छ, अनुसन्धान गर्नुपर्छ।’ सञ्चारकर्मीले सिके राउतबाटै सप्तरीबाट पराजित भएको भन्ने प्रश्नप्रति उनले भने, 'समय–समयको अवस्था र परिस्थिति फरक हुन्छ।' त्यसपछि भने उनी अगाडि बढे।

तपाईं अड्ढगणितमा अगाडि भए तापनि बिहानदेखि बेलुकासम्म किन यति खटिनुभएको? भनी अर्को प्रश्न सोध्दा उनले भने - मतदाताहरुसमक्ष पुग्नुपर्ने, मुख देखाउनै पर्ने, मत माग्नैपर्ने उम्मेदवारको धर्म भएको कारण आफू सबै मतदाताको घरदैंलोमा पुगिरहेको छु। ‘बाहरिया र भितरिया’ उम्मेदवारको चर्चा छ, तपाईं त बाहिरको उम्मेदवार हुनुहुन्छ भन्ने प्रश्नमा उनले त्यो सबै जातिगत वितृष्णा फैलाउन रचिएको षडयन्त्र भएको दाबी गरे र यस्तो अफवाह फैलाउने आफै बहिष्कार हुने उनको दाबी रह्यो। अन्त्यमा विपक्षी शक्तिहरुको नेता, कार्यकर्ताहरु दूरदराजमा पनि नदेखिने गरेको र सत्ता गठबन्धनको सहयोगमा आफ्नो जित सुनिश्चित रहेको उनले ठोकुवा गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell