PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

  • विशाखापटनमबाट सामान ल्याउँदा कति सस्तो?

    विशाखापटनमबाट सामान ल्याउँदा कति सस्तो?

    वीरगन्ज : भारत तथा तेस्रो मुलुकबाट नेपालमा सामान भित्र्याउन भारतको विशाखापटनम बन्दरगाह उपयुक्त हुने नेपाली व्यवसायीले बताएका छन्। बन्दरगाह संचालक कम्पनी विशाखा कन्टेनर टर्मिनलले गरेको छलफल कार्यक्रममा उनीहरुले यो धारणा राखेका हुन्।   वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीपकुमार केडियाले नेपालमा सामान भित्र्याउन विशाखापटनम सबैभन्दा उपयुक्त बन्दरगाह भएको बताए। उनले कोलकोता बन्दरगाहमा कर्मचारीको मनोमानी रोक्न समेत विशाखपटनम तत्काल प्रयोगमा ल्याउनुपर्ने…

    विस्तृतमा पढ्नुस्

  • पर्सामा १९ करोडको लागतमा बन्यो ह्याचरी, उद्योगी भन्छन्- '५० प्रतिशत भारतीय चल्लाको आयात रोकियो'

    पर्सामा १९ करोडको लागतमा बन्यो ह्याचरी, उद्योगी भन्छन्- '५० प्रतिशत भारतीय चल्लाको आयात रोकियो'

    वीरगन्ज : पर्सामा करिब १९ करोडको लागतमा ह्याचरी उद्योग स्थापना भएपछि भारतबाट आयातित ५० प्रतिशत चल्ला रोकिएको उद्योगीको दाबी छ।   शिवम ह्याचरी एण्ड फिड प्रालि नामक उक्त उद्योगमा पर्साकै दुई व्यवसायीले हात हालेका हुन्। वीरगन्जबाट २५ किलोमिटर उत्तर-पश्चिमको कुनामा रहेको हरपुर गाविसमा ह्याचरीको लागि चाहिने अण्डा उत्पादन केन्द्र ‘अत्याधुनिक कुखुरा फर्म’ स्थापना गरिएको हो। अण्डाबाट ब्रोइलर कुखुराको चल्ला उत्पादन…

    विस्तृतमा पढ्नुस्

  • पर्सा आरक्षमा भालेभन्दा पोथी बाघ बढी, लिङ्ग नखुलेको बाघ पनि भेटियो

    पर्सा आरक्षमा भालेभन्दा पोथी बाघ बढी, लिङ्ग नखुलेको बाघ पनि भेटियो

    वीरगञ्ज : पर्सा वन्यजन्तु आरक्षमा वयस्क बाघको संख्या दोब्बर देखिएको छ।  अघिल्लो आर्थिक वर्ष आरक्षमा १० बाघ मात्र देखिएकोमा आर्थिक वर्ष २०७२/०७३ को बाघ गणनामा १९ बाघ भेटिए।  छैठौं अन्तर्राष्ट्रिय बाघ दिवसको अवसरमा आरक्षले शुक्रवार बाघ गणनाको प्रतिवेदन सार्वजनिक गरेको हो। आरक्षका प्रमुख संरक्षण अधिकृत युवराज रेग्मीले  सार्वजनिक गरेको प्रतिवेदनमा १९ वटा बाघ मध्ये ७ भाले, ११ पोथी र एउटा…

    विस्तृतमा पढ्नुस्

  • नेपाली नागरिकता लिएको आरोपमा भारतीय पक्राउ

    वीरगञ्ज : पर्सा प्रहरीले भारतीय नागरिक भए पनि नेपालको नागरिकता प्रमाणपत्र लिएको आरोपमा एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत ,विहार,पश्चिम चम्पारण ,रामनगर स्थायी घर भई हाल वीरगंज–२४ लिपनीविर्ता ,परवानीपुरमा बसोवास गर्दै आएका ५९ वर्षिया शिवशंकर शर्मा लोहार रहेका छन्। उनका विरुद्ध स्थानीयले  पर्सा प्रहरीमा प्रमाणसहित दिएको उजुरीको आधारमा प्रहरीले उनलाई बुधबार पक्रेर थप अनुसन्धान अघि बढाएको पर्साका प्रहरी उपरीक्षक…

    विस्तृतमा पढ्नुस्

  • २ लाखदेखि १८ लाख धरौटी राखेर छुटे ठगी मुद्दामा परेका डाक्टर, धरौटी राख्न नसक्ने दुई जना थुनामै

    २ लाखदेखि १८ लाख धरौटी राखेर छुटे ठगी मुद्दामा परेका डाक्टर, धरौटी राख्न नसक्ने दुई जना थुनामै

    वीरगञ्ज : वीरगञ्जबाट पक्राउ परेका नौ चिकित्सक मध्ये छ जना धरौटी बुझाएर आज रिहा भएका छन्। दुई जना धरौटी दाखिल गर्न नसक्दा थुनामै गएका छन्। नक्कली प्रमाणपत्र पेश गरी डाक्टरी गरिरहेको आरोपमा केन्द्रीय अनुसन्धान व्युरोले असार ३ गते नौ जना चिकित्सकहरुलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पर्सामार्फत् शुक्रबार पर्सा जिल्ला अदालतमा ८ जना विरुद्ध ठगी मुद्दा चलाएको थियो। एक जनालाई…

    विस्तृतमा पढ्नुस्

  • ​आठ डाक्टरविरुद्ध पर्सामा ठगी मुद्दा दायर, नक्कली प्रमाणपत्र रहेको आरोप

    ​आठ डाक्टरविरुद्ध पर्सामा ठगी मुद्दा दायर, नक्कली प्रमाणपत्र रहेको आरोप

    वीरगञ्ज : वीरगञ्जबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरी काठमाडौँ लगेका नौ जना डाक्टरहरुमध्ये आठ जनाविरुद्ध पर्सा प्रहरीले पर्सा जिल्ला अदालतमा शुक्रबार मुद्दा दायर गरेको छ।  ठगी मुद्दा दर्ता गरिएका डाक्टरहरुमा नेशनल मेडिकल कलेजका डाक्टर महम्मद रहुल्ला,  रामकुमार प्रधान, निमेशपाल रमन र  ईर्शादुल हक, नारायणी उपक्षेत्रिय अस्पताल वीरगञ्जका डाक्टर सरोजकुमार सिंह, डाक्टर पन्नालालप्रसाद पटेल र डाक्टर कुशराज गिरी तथा…

    विस्तृतमा पढ्नुस्

  • वीरगञ्जका चिकित्सकहरुले फिर्ता लिए आन्दोलन, अस्पताल सञ्चालनमा

    वीरगञ्जका चिकित्सकहरुले फिर्ता लिए आन्दोलन, अस्पताल सञ्चालनमा

    वीरगञ्ज : गिरफ्तार गरिएकका चिकित्सकहरुलाई बिना शर्त रिहा गर्न अल्टिमेटम दिएको घोषणा गर्ने वीरगञ्जका चिकित्सकहरुले आज आन्दोलन फिर्ता लिएका छन्। नेपाल चिकित्सक संघ, नारायणी वीरगञ्ज शाखाको बैठकले आन्दोलन फिर्ता लिने निर्णय गरेपछि आन्दोलन फिर्ता लिइएको संघका सचिव डा राजदेश कुशवाहाले जानकारी दिए। गत शुक्रबारदेखि यहाँका चिकित्सकहरुले आकस्मिक सेवाबाहेक अन्य सेवा ठप्प पारी आन्दोलनमा उत्रेका थिए। आन्दोलन फिर्ता लिन विभिन्न निकायको दवाव बढदै…

    विस्तृतमा पढ्नुस्

  • पक्राउ डाक्टर बिना शर्त रिहा गर्न अल्टिमेटम, सोमबार आकस्मिक सेवा बन्दको चेतावनी, बिरामी अलपत्र

    पक्राउ डाक्टर बिना शर्त रिहा गर्न अल्टिमेटम, सोमबार आकस्मिक सेवा बन्दको चेतावनी, बिरामी अलपत्र

    वीरगञ्ज : नक्कली प्रमाणपत्र रहेको आरोपमा शुक्रबार पक्राउ गरेका नौ जना डाक्टरलाई बिना शर्त रिहा नगरे सोमबारदेखि आकस्मिक सेवासमेत बन्द गर्ने चेतावनी दिइएको छ।  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ परेका चिकित्सकहरु सोमबार दिउँसो २ बजेसम्म बिनाशर्त रिहा नगरे वीरगञ्ज क्षेत्रको आकस्मिक सेवा पनि ठप्प पार्ने नेपाल चिकित्सक संघ नारायणी शाखा वीरगंजले सरकार तथा सम्बन्धित निकायलाई अल्टिमेटम दिएको हो। उनीहरुले वीरगञ्जमा शुक्रबारदेखि…

    विस्तृतमा पढ्नुस्

  • पर्सामा अस्पतालबाटै आठ जना डाक्टर पक्राउ

    वीरगञ्ज : नारायणी उपक्षेत्रीय अस्पतालबाट प्रहरीले आठ जना डाक्टरलाई अहिले दिउँसो पक्राउ गरेको छ। पक्राउ परेका डाक्टरहरुमा विनय साह, सरोज सि‌ह, अरुणकुमार गुप्ता, पनालाल पटेल, रमतुल्लाह, निमेश, मिरशादुल हक रहेका छन्। पक्राउ परेका एक जना डाक्टरको नाम खुल्न सकेको छैन।  उनीहरुलाई अहिले जिल्ला प्रहरी कार्यालयमा राखिएको छ। किन पक्राउ परेको भन्ने बारे प्रहरीले केही बताएको छैन। यसबारे पत्रकार सम्मेलन गरेर…

    विस्तृतमा पढ्नुस्

  • पर्सामा नौ डाक्टर पक्राउ, अपहरण शैलीमा पक्रेको भन्दै स्वास्थ्य सेवा ठप्प

    पर्सामा नौ डाक्टर पक्राउ, अपहरण शैलीमा पक्रेको भन्दै स्वास्थ्य सेवा ठप्प

    वीरगञ्ज : नारायणी उपक्षेत्रीय अस्पताल र नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा कार्यरत नौ जना डाक्टरहरुलाई प्रहरीले आज दिउँसो पक्राउ गरेको छ।  चिकित्सकहरुलाई अपहरण शैलीमा पक्रेको भन्दै वीरगन्जको स्वास्थ्य सेवा ठप्प पारिएको छ। त्यहाँका औषधी पसल, क्लिनिक, एम्बुलेन्स बन्द गरिएको छ। नारायणी र नेसनल अस्पतालका ओपिडी कक्ष पनि बन्द गरिएको छ।  पक्राउ परेका चिकित्सकहरुलाई के कारण पक्राउ गरिएको भन्ने बारे…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell