PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

पर्सा आरक्षमा भालेभन्दा पोथी बाघ बढी, लिङ्ग नखुलेको बाघ पनि भेटियो



राधेश्याम पटेल

पर्सा आरक्षमा भालेभन्दा पोथी बाघ बढी, लिङ्ग नखुलेको बाघ पनि भेटियो

वीरगञ्ज : पर्सा वन्यजन्तु आरक्षमा वयस्क बाघको संख्या दोब्बर देखिएको छ।  अघिल्लो आर्थिक वर्ष आरक्षमा १० बाघ मात्र देखिएकोमा आर्थिक वर्ष २०७२/०७३ को बाघ गणनामा १९ बाघ भेटिए। 

छैठौं अन्तर्राष्ट्रिय बाघ दिवसको अवसरमा आरक्षले शुक्रवार बाघ गणनाको प्रतिवेदन सार्वजनिक गरेको हो। आरक्षका प्रमुख संरक्षण अधिकृत युवराज रेग्मीले  सार्वजनिक गरेको प्रतिवेदनमा १९ वटा बाघ मध्ये ७ भाले, ११ पोथी र एउटा लिङ्ग पहिचान नभएको बाघ रहेको जनाइएको छ।

फागुनदेखि वैशाखको अन्तिम साता बाघ गणना कार्य भएको हो। आरक्षको जगंलमा १ सय ५८ क्यामेरा राखेर प्राविधिकहरुले बाघ गणना गरेका थिए। बच्चा बाघहरुलाई गणनामा समावेश गरिएको छैन। बाघको बच्चा वयस्क नहुँदै धेरै मर्ने भएकोले गणनामा समावेश नगरिएको हो। 

१९ बाघ मध्ये ५ बाघ आरक्षको विस्तारित क्षेत्र र ५ बाघ यहाँ र चितवन राष्ट्रिय निकुन्ज समेतमा देखिएका छन्। आहाराको खोजी तथा बासस्थान परिवर्तनको क्रममा ५ बाघ यताउता गरेको हुन सक्ने अनुमान गरिएको छ।

एउटा भाले बाघ सँधै एकै ठाउँमा बस्दैन। वासस्थान परिवर्तन गरिरहन्छ।

त्यस्तै , एक पटकमा चार वटासम्म बच्चा जन्माउने एउटा बघिनीले जीवनमा कम्तिमा ११ पटक बच्चा जन्माउँछ। यस अनुसार एउटा बाघिनीले आफनो जीवनमा २२ देखि ४४ वटासम्म बच्चा जन्माउने गर्छ।

जुलोजिकल सोसाइटी अफ लण्डन, नेपाल कार्यालय, राष्ट्रिय प्रकृति संरक्षण कोष, आरक्ष समेतले संयुक्त रुपमा यो बाघ गणना गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell