PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

पक्राउ डाक्टर बिना शर्त रिहा गर्न अल्टिमेटम, सोमबार आकस्मिक सेवा बन्दको चेतावनी, बिरामी अलपत्र



राधेश्याम पटेल

पक्राउ डाक्टर बिना शर्त रिहा गर्न अल्टिमेटम, सोमबार आकस्मिक सेवा बन्दको चेतावनी, बिरामी अलपत्र

वीरगञ्ज : नक्कली प्रमाणपत्र रहेको आरोपमा शुक्रबार पक्राउ गरेका नौ जना डाक्टरलाई बिना शर्त रिहा नगरे सोमबारदेखि आकस्मिक सेवासमेत बन्द गर्ने चेतावनी दिइएको छ। 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ परेका चिकित्सकहरु सोमबार दिउँसो २ बजेसम्म बिनाशर्त रिहा नगरे वीरगञ्ज क्षेत्रको आकस्मिक सेवा पनि ठप्प पार्ने नेपाल चिकित्सक संघ नारायणी शाखा वीरगंजले सरकार तथा सम्बन्धित निकायलाई अल्टिमेटम दिएको हो।

उनीहरुले वीरगञ्जमा शुक्रबारदेखि नै आकास्मिक सेवाबाहेक सबै सेवा ठप्प पारिसकेका छन्। तीन दिनदेखि सेवा ठप्प हुँदा वीरगञ्जको स्वास्थ्य क्षेत्र अस्तव्यस्त बन्दै गएको छ। वीरगंज युवा समाजका अध्यक्ष कमल चौगाईले पछिल्लो घटनाले वीरगंजको सेवामा प्रतिकूल असर परेको बताए। गम्भीर किसिमका धेरै बिरामीहरु सीमावर्ती सहर रक्सौल र हेटौडा,चितवनतर्फ जान थालेको उनले बताए। 


बिरामी र कुरुवा अलपत्र

नेपाल चिकित्सक संघ, नारायणी शाखा वीरगञ्जले स्वास्थ्य सेवा ठप्प पारेपछि सबैभन्दा बढी समस्या बिरामी तथा तिनका कुरुवाहरुलाई परिरहेको छ।

बारा ,मझहरिया– ६ ,धर्मपुरकी पानादेवी कानु (५७) आइतबार नारायणी उपक्षेत्रीय अस्पताल परिसरमै भेटिइन्। उनी एक महिनादेखि पेटमा बल्झेको घाउको उपचार गराइरहेकी छिन्। शुक्रबार साँझदेखि कुनै पनि ठूला डाक्टर अस्पतालमा नआएको उनले सुनाइन्। रुँदै भनिन्–‘सबै डाक्टर कहाँ हराए, बूढी आमाको दुःख बुझन कोही आउँदैनन, अब के होला बाबु?’

कुराकानी गर्दै उनको आँखाबाट दुई थोपा आँसु टप्पक टप्क्यो। उनले फेरि आफूलाई सम्हाल्दै थपिन्– ‘बबुआ ,डाक्टर साहेब लोग कहिआ आइलोग ,जे हम घर जाएम?’ (बाबु डाक्टरहरु कहिल्यै आउछन् ,अनि म घर जान्छु ?)

अस्पतालमै भेटिएका बारा ,जब्दी पिपरिया–२ ,रमपुरर्वाका भागिरथ पासवान पनि निकै दुःखी मुद्रामा देखिन्थे। उनकी श्रीमती फूलकुमारी देवी (५५) मधुमेह रोगी हुन्। फूलकुमारीको उपचार गराउन आएका भागिरथ तीन दिनदेखि श्रीमतिको अवस्थामा खासै सुधार नआएको बताउँछन्। 'डाक्टर नै नआए अस्पताल किन चल्नु पर्छ ? बन्द गरे हुन्छ सरकारले', उनको आक्रोश थियो।

यी दुई प्रतिनिधि पात्र मात्र हु्न्। यस्तै आक्रोश र पीडा हाल वीरगंज आसपासको हजारौँ बिरामी र आफन्तजनको मनमा उब्जिरहेको छ। किनभने वीरगञ्जमा हाल नारायणी उपक्षेत्रीय अस्पताल, नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, गण्डक अस्पताल, वीरगञ्ज हेल्थ केयर हस्पिटल, एडभान्स मेडिकेयर सेन्टर, भवानी तथा रिसर्च प्रालिलगायत दर्जनभन्दा बढी अस्पताल तथा क्लिनिकहरुले आकस्मिक सेवाबाहेक अन्य सेवा बन्द गरेका छन्।

आन्दोलनरत स्वास्थ्यकर्मीहरुको माग

वीरगंजका चिकित्सकहरु प्रमुख जिल्ला अधिकारीमार्फत् स्वास्थ्य, गृह तथा प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाई पक्राउ परेका ९ चिकित्सकलाई अविलम्ब रिहा गर्नु पर्ने माग गरेका छन्।

उनीहरुले आइतबार वीरगञ्जमा नाराजुलुससमेत गरे। चिकित्सक संघ नारायणी कार्यालयबाट निस्केको जुलुस नगर परिक्रमापछि जिल्ला प्रशासन कार्यालय पुगेको थियो।

संघका निमित्त अध्यक्ष डा प्रमोद सर्राफले बुझाएको ज्ञापन पत्रमा सिआइबीले कुनै सूचना जानकारी नदिई ९ जना चिकित्सकलाई अपहरण शैलीमा अप्रेशन थिएटरबाटसमेत हिरासतमा लिएको भन्दै त्यसको विरोध जनाइएको छ।
 
‘चिकित्सकबारे छानबिन गर्ने निकाय नेपाल मेडिकल काउन्सिल भएकोले सो काम सम्बन्धित निकायलेनै गर्नु पर्ने’ माग उनीहरुको छ। 

किन पक्राउ परे?

​नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले देशभरबाट ३६ जना नक्कली डाक्टरहरु पक्राउ गरेको हो। पक्राउ पर्नेमा ३० पुरुष र ६ महिला छन्। अपरेसन क्वाक नाम दिइएको प्रहरीको अनुसन्धान टोलीले झापा, मोरङ, चितवन, पर्सा, धनुषा, दाङ, सुनसरी, कास्की, काठमाडौं र ललितपुर गरी १० जिल्लाबाट नक्कली डाक्टरहरुलाई पक्राउ गरेको हो।

सबैभन्दा बढी ८ पुरुष र ५ महिला डाक्टर काठमाडौंबाट पक्राउ परेका छन्। पक्राउ पर्नेहरुमा झरना फार्मेसी कपनमा कार्यरत पुनम कण, कान्तिपुर जनरत एण्ड डेण्टल हस्पितलमा कार्यरत बुद्धिमान श्रेष्ठ, तिलगंगा आँखा अस्पतालमा कार्यरत लिली राजवंशी, ब्राइट डेन्टलमा कार्यरत विनीता अधिकारी, समाज डेन्टल अस्पतालमा कार्यरत रावेत रञ्जन कुमार ठाकुर, केयर डेन्टल अस्पतालमा कार्यरत, बोदित आचार्य, किष्ट मेडिकलमा कार्यरत दिपेश पौडेल, नेपाल फेमलिमा प्लान एसोसियसनमा कार्यरत गजानन्द प्रसाद भण्डारी लगायतका रहेका छन्।

प्रहरीले उनीहरुलाई ठगी मुद्दामा ५ दिनको लागि थप समय लिएर अनुसन्धान गरिरहेको केन्द्रीय अनुन्धान ब्युरोका एसपी दिनेश राउतले जानकारी दिए।
 

को-को पक्राउ परे?

१.            नाम थर:- पुनम कर्ण
स्थायी वतन:- जिल्ला महोतरी बत्नाहा-३ घर भई हाल का.जि. कपन बस्ने
कार्यरत स्थान:- झरना फार्मेसी, कपन
NMC नं.:- 8888      
 
२.            नाम थर:- बुद्धिमान श्रेष्ठ
स्थायी वतन:-जिल्ला स्याङजा कुवाकोट-२ घर भई हाल का.जि.का.म.न.पा -०४ बस्ने
कार्यरत स्थान :- कान्तिपुर जनरल एण्ड डेण्टल हस्पिटल, सामाखुशी
NMC नं.:-7601
३.            नाम थर :- लिली राजवंशी
स्थायी वतन :- जि झापा, चारपाने गा.बि.स.वडा नं ३ घर भई हाल का.जि. पेप्सिकोला बस्ने
कार्यरत स्थान :- तिलगंगा आँखा अस्पताल, तिलगंगा
NMC नं.:- 3758      
 
४.            नाम थर:- बिनिता अधिकारी
स्थायी वतन:- का.जि. लैनचोर २९ बस्ने
कार्यरत स्थान:- Bright Smile Dental Clinic Pvt. Ltd.
NMC नं.:-2687
५.            नाम थर:- रावेत रञ्जन कुमार ठाकुर
स्थायी वतन:- जिल्ला मोहतरी, पिपरा ३ हाल का.जि.नयाँ बानेश्वर बस्ने
कार्यरत स्थान :-  Society Dental Clinic, चावहिल
NMC नं.:- 9497      
 
६.            नाम थर:-बोदित आचार्य
स्थायी वतन:- का.जि.कामनपा ९ बत्तिसपुतली बस्ने
कार्यरत स्थान अस्पताल:- Care Dental Clinic, पुरानो बानेश्वर
NMC नं.:- 2453
७.            नाम थर:- दिपेश पौडेल
स्थायी वतन:- जिल्ला बारा, कलैया ८ घर भई हाल भक्तपुर ठिमी बस्ने
कार्यरत स्थान:- Kist Medical College, Lalitpur
NMC नं.:- 14163
 
८.            १.     नाम थर:- गजानन्द प्रसाद भण्डारी
स्थायी वतन:- का.जि. कामनपा ३४, बानेश्वर
कार्यरत स्थान :-  Nepal Family Planning Association, Lalitpur
NMC नं.:-2569
 
९.            नाम थर :- संजय यादव
स्थायी वतन:-जिल्ला धनुषा, सपही १ घर भई जिल्ला धनुषा ढल्केवर ३
कार्यरत स्थान :- Universal Medical Collage Bhairahawa, Rupendehi
NMC नं.:- 11703     
 
१०.           नाम थर:-सन्तोष कुमार झा
स्थायी वतन:- जिल्ला धनुषा जनकपुर न.पा.९, का.जि.का.म.न.पा. पेप्सीकोला
कार्यरत स्थान :- Trauma Center, Kathmandu
NMC नं.:-7591
 
११.           नाम थर:-गणेश साह
स्थायी वतन:-जि.धनुषा जनकपुर न.पा.-२७, हाल ललितपुर हात्तिवन ।
कार्यरत स्थान :- लोकहित डेण्टल अस्पताल, त्रिपुरेश्वर
NMC नं.:-7261
 
       १२.           नाम थर:- निलिमा खड्का महत
स्थायी वतन:- जिल्ला धनुषा न.पा वडा नं. १ घर भई हाल का.जि. लैनचौर-२९
कार्यरत स्थान :- अम्दानेपाल जोरपाटी / हेल्दी डेण्टल किल्निक
NMC नं.:- 4477
 
१३.           नाम थर:- विनिता मण्डल
स्थायी वतन:- जिल्ला महोतरी, सरपल्लो २ घर हाल का.जि. टोखा सरस्वती
कार्यरत स्थान अस्पताल:- रेशा फर्म, चावहील
NMC नं.:- 4384      
 
१४.           नाम थर:- राहिल फराज अन्सारी
स्थायी वतन:- जिल्ला रूपन्देही सि.नं. पा  ५ हाल का.जि. बानेश्वर
कार्यरत स्थान अस्पताल:- Tanahu Sewa Hospital, Dulegauda
NMC नं.:- 11736
 
१५.           नाम थर:- श्री राम घिमिरे
स्थायी वतन:- भक्तपुर, दधिकोट-०१ 
कार्यरत स्थान :-  Hamro Sahayatri Hospital
NMC नं.:- 6464
      
 
१६.           नाम थर:- कुशराज गिरी
स्थायी वतन:- जिल्ला पर्सा, बगही-०९ घर भई हाल बिरगंज, पानी ट्याङकी-१०
कार्यरत स्थान :- शान्ति किल्निक, वीरगंज
NMC नं.:- 3116
 
 
१७.           नाम थर :- पन्नलाल प्रसाद पटेल
स्थायी वतन :- भवानिपुर-४ पर्सा
कार्यरत स्थान  :- गण्डक अस्पताल, वीरगंज
NMC नं. :- 5395
पक्राउ स्थान, मिति :- विरगंज, २०७३/०३/०३ गते ।  
 
१८.           नाम थर :- महेश्वर राय यादव
स्थायी वतन:- जिल्ला सर्लाही, बसन्तपुर-०५ हाल जिल्ला कास्की, पोखरा
कार्यरत स्थान :- मेरी स्टोप्स सेन्टर पोखरा
NMC नं.:- 5293
 
१९.           नाम थर:- निमेष पाल रमन
स्थायी वतन:-जिल्ला रौतहत, सकुअवा-०३ घर भई हाल बिरगंज
कार्यरत स्थान:- नेश्नल मेडिकल कलेज, बिरगंज
हाल नेश्नल मेडिकल कलेज, बिरगंज MD अध्ययन गरिरहेको
NMC नं.:- 11463     
 
२०.           नाम थर:- मोहम्मद रूहुल्लाह
स्थायी वतन:- जिल्ला रौतहत, तेजाँपाकड-०७ घर भई हाल वीरगंज
कार्यरत स्थान :- धुलिखेल अस्पतालमा ४ बर्ष काम गरेको
हाल नेश्नल मेडिकल कलेज, बिरगंज
NMC नं.:- 2917
 
 
२१.           नाम थर:- रन्धीर राजवंशी
स्थायी वतन:- जिल्ला झापा, अनारमनी-०९
कार्यरत स्थान :- बजरंग किल्निक
NMC नं.:- 13391
 
 
       २२.           नाम थर:- सुनिल आचार्य
स्थायी वतन:- जिल्ला गोरखा, गोरखकाली न.पा. ०३ घर भई  हाल चितवन हस्पिटल रोड
कार्यरत स्थान :- हाल प्रगति पोलि किल्निक चितवनमा कार्यरत
NMC नं.:- 5424
२३.           नाम थर:- मोहम्मद अबुल कलाम
स्थायी वतन:- जिल्ला सिरहा, मानपुर-०८, हाल विराटनगर
कार्यरत स्थान :- हाल ट्रमा अस्पताल बिराटनगर
NMC नं.:- 2390
 
       २४.           नाम थर:- ईशादुल हक
स्थायी वतन:- जिल्ला पर्सा, विरगंज उप म.न.पा -०२
कार्यरत स्थान :- नेसनल मेडिकल कलेज एण्ड टिचिङ अस्पताल
NMC नं.:- 15497
 
२५.           नाम थर :- सरोज कुमार सिंह
स्थायी वतन :- जिल्ला रौतहत, तेपाँकड-०१ हाल विरगंज
कार्यरत स्थान  :- नारायणी उप क्षेत्रीय अस्पताल, पर्सा
NMC नं. :- 6991
 
       २६.           नाम थर:- रजनी अग्रवाल
स्थायी वतन:- जिल्ल सुनसरी धरान न.पा. १ हाल चितवन भरतपुर-१०
कार्यरत स्थान :- पुरानो मेडिकल कलेज, चितवन
NMC नं.:- 6203
 
२७.           नाम थर:- रविन्द्र कुमार पाण्डे
स्थायी वतन:- जिल्ला मोहोत्तरी पिपरा-०५, हाल जि. धनुषा जनकपुर
कार्यरत स्थान :- केयर नरसिग होम, जनकपुर/मिथिलाञ्चल डेण्टल किल्निक
NMC नं.:- 2984
 
       २८.           नाम थर:- रामजी यादव
स्थायी वतन:- जिल्ला धनुषा, सिनुरजोडा -०४
कार्यरत स्थान :- पुजा मेडिकल हल
NMC नं.:- 7241
 
२९.           नाम थर :- राम कुमार प्रधान
स्थायी वतन :- जिल्ला बारा कलैया-०४ हाल पर्सा वीरगंज
कार्यरत स्थान :- नेसनल मेडिकल कलेज एण्ड टिचिङ अस्पताल,
NMC नं.:- 4014      
 
३०.           नाम थर :- बिष्णु प्रसाद भुसाल
स्थायी वतन:- जिल्ला दाङ, तुल्सीपुर-०५
कार्यरत स्थान :- BR Dental Clinic Tulsipur
NMC नं.:- 8098
 
 
३१.           नाम थर :- अरूण कुमार गुप्ता
स्थायी वतन :- जिल्ला पर्सा, वीरगंज उप.नपा. १३ हाल का.जि तहाचल
कार्यरत स्थान :- नर्भिक हस्पिटल, थापाथली/ बि एण्ड बि, ग्वार्को
/ Arthritis Care Center Birgunj
NMC नं.:- 2757      
 
३२.           नाम थर :- संजय कुमार दास
स्थायी वतन :- जिल्ला सिरहा, भवानीपुर कालाबन्जर-०१ हाल विराटनगर
कार्यरत स्थान  :- श्री राम डाईग्नोस्टिक किल्निक
NMC नं. :- 2132
 
३३.           नाम थर:- दिनेश कुमार साह
स्थायी वतन:- जिल्ला पर्सा, वीरगंज-०१
कार्यरत स्थान :- College of Medical Science, Bharatpur/
National Medical College, Birgunj/ Shanti Poly Clinic, Birgunj
NMC नं.:- 4957
      
 
३४.           नाम थर:- मनिष अर्याल
स्थायी वतन:- जिल्ला मोरङ, विराटनगर १६
कार्यरत स्थान :- FPAN सुनसरी, इटहरी
NMC नं.:- 4649
 
३५.           नाम थर :- राजन पुरी
स्थायी वतन:- जिल्ला पर्सा, सोनवर्ष-०७ हाल भरतपुर
कार्यरत स्थान :- चितवन मेडिकल कलेज, चितवन
NMC नं.:- 16116
      
३६.           नाम थर :- जावेद अख्तर अन्सारी
स्थायी वतन :- नवादा, विहार, भारत घर भई हाल जिल्ला मोरङ, विराटनगर, वरगाछी
कार्यरत स्थान  :- लाईफ गार्ड अस्पताल, विराटनगर, बरगाछी
NMC नं. :- ---------- अन्य चिकित्सकको NMC No. प्रयोग गरेको ।

के भन्छ चिकित्सक स‍ंघ?

डाक्टरहरुको संगठन नेपाल मेडिकल एसोसिएसनले नक्कली प्रमाणपत्रधारी भएको आरोपमा प्रहरीले केही डाक्टरहरुलाई पक्राउ गरेपछि तत्कालका लागि सेवा नदिन घुमाउरो भाषामा आह्वान गर्दै विज्ञप्ति जारी गरेको छ। 

एसोसिएसनले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ- 'देशभरका सम्पूर्ण चिकित्सकहरुलाई नेपाल सरकारबाट आफ्ना प्रमाणपत्रहरु सक्कली भएको प्रमाणित गराइसके पश्चात् चिकित्सा सेवामा  संलग्न हुन यसै विज्ञप्तिमार्फत् हार्दिक अपील गर्दछ।'

एसोसिएनले मेडिकल काउन्सिलबाट लाइसेन्स लिई स्वास्थ्य सेवा प्रदान गर्दै आएको बताउँदै काउन्सिलबाट प्रमाणपत्र पाएका डाक्टरहरु नै  नक्कली प्रमाणपत्र छानबिनको नाउमा समाजमा आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिहरुलाई जस्तै गरी केन्द्रीय अनुसन्धान ब्युरोले गिरफ्तार गरिरहेकोमा आपत्ति जनाएको छ। 

नेपाल सरकारको नियमनकारी निकायबाटै लाइसेन्स प्राप्त गरेका सम्पूर्ण चिकित्सकहरुको योग्यतामाथि नै आँच पुग्नुले नेपाल मेडिकल काउन्सिलको आधिकारिकता सम्बन्धमा गम्भीर सवाल उठेको एसोसिएसनले ठहर गरेको छ। 

एसोसिएसनले नक्कली सिआइबीले कार्यक्षेत्रमा अपराधीलाई जस्तै व्यवहार गर्दा पेशाकै अपमान हुने भन्दै आवश्यक छानविन पूरा गरेर मात्र कार्वाहीको प्रक्रिया सुरु गर्न ध्यानाकर्षण गराएको छ।
 
एसोशिएसनले आज नेपाल प्रहरी र राष्ट्रिय मानव अधिकार आयोग पुगेर ध्यानाकर्षण समेत गराएको छ। नक्कली भनेर डाक्टर समातिएका छन् तपाईहरुको प्रतिक्रिया के छ भन्ने प्रश्नमा मेडिकल एसोशिएसनका अध्यक्ष डाक्टर अन्जनी कुमार झाले कुनै प्रतिक्रिया नभएको तर पक्राउको शैलीमा मात्र आफ्नो विरोध रहेको बताए।

'हाम्रो कुनै प्रतिक्रिया छैन, तर कुनै पनि छानबिन बिना अपराधी जस्तो व्यवहार गरिनु हुँदैन। छानबिन र कार्वाही गर्ने राज्यको अधिकार नै हो।
हामीले सुरक्षा निकायमा र राष्ट्रिय मानव अधिकार आयोगमा ध्यानाकर्षण गराएका छौ' अध्यक्ष  झाले भने, 'मानव अधिकार आयोगले आवश्यक छानविन गर्छौ भनेको छ।'

उनले केहीले गलत काम गरिरहेको छ भने त्यो क्षम्य नहुने यथार्थ भए पनि राज्यका अंगहरुले त्यसको शैली पनि उचित अवलम्बन गर्नुपर्ने बताए।

(काठमाडौँबाट सविन ढकाल र रमेश वाग्लेको सहयोगमा) 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell