PahiloPost

Aug 30, 2026 | १४ भदौ २०८३

पर्सामा अस्पतालबाटै आठ जना डाक्टर पक्राउ



राधेश्याम पटेल

वीरगञ्ज : नारायणी उपक्षेत्रीय अस्पतालबाट प्रहरीले आठ जना डाक्टरलाई अहिले दिउँसो पक्राउ गरेको छ। पक्राउ परेका डाक्टरहरुमा विनय साह, सरोज सि‌ह, अरुणकुमार गुप्ता, पनालाल पटेल, रमतुल्लाह, निमेश, मिरशादुल हक रहेका छन्। पक्राउ परेका एक जना डाक्टरको नाम खुल्न सकेको छैन। 

उनीहरुलाई अहिले जिल्ला प्रहरी कार्यालयमा राखिएको छ। किन पक्राउ परेको भन्ने बारे प्रहरीले केही बताएको छैन। यसबारे पत्रकार सम्मेलन गरेर जानकारी दिने वा सिधै काठमाडौँ लैजाने भन्ने बारे निर्णय हुन बाँकी छ। 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पर्सा प्रहरीको सहयोगमा बिहान नौ बजेदेखि ती डाक्टरहरुले काम गर्ने विभिन्न क्लिनिकहरुमा अनुसन्धान गरी पक्राउ गरेको हो। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell