PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

विशाखापटनमबाट सामान ल्याउँदा कति सस्तो?



राधेश्याम पटेल

विशाखापटनमबाट सामान ल्याउँदा कति सस्तो?

वीरगन्ज : भारत तथा तेस्रो मुलुकबाट नेपालमा सामान भित्र्याउन भारतको विशाखापटनम बन्दरगाह उपयुक्त हुने नेपाली व्यवसायीले बताएका छन्। बन्दरगाह संचालक कम्पनी विशाखा कन्टेनर टर्मिनलले गरेको छलफल कार्यक्रममा उनीहरुले यो धारणा राखेका हुन्।
 
वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीपकुमार केडियाले नेपालमा सामान भित्र्याउन विशाखापटनम सबैभन्दा उपयुक्त बन्दरगाह भएको बताए। उनले कोलकोता बन्दरगाहमा कर्मचारीको मनोमानी रोक्न समेत विशाखपटनम तत्काल प्रयोगमा ल्याउनुपर्ने बताए। उनका अनुसार विशाखापटनम संचालनमा नआएसम्म कोलकोताको मनोमानी रहिरहने देखिन्छ।
 
कम्पनीका महाप्रबन्धक कल्याण चक्रवर्तीले विशाखापटनमबाट नेपाललार्इ सामान ल्याउँदा सस्तो र झझण्ट समेत नहुने बताए। उनले कोलकोता बन्दरगाहमा १ हजार ८ सय वटा कन्टेनर बोकेको मात्रै जहाज आउनसक्ने बताउँदै विशाखापटनममा ८ हजार कन्टेनर बोकेको जहाज आउने भएकोले खर्च कम हुने दाबी गरे। चक्रवर्तीले विशाखापटनमबाट सामान ल्याउँदा  कोलकोता भन्दा एक कन्टेनरमा २ सय १० डलर लागत घट्ने बताए।

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा यो बन्दरगाह नेपालले प्रयोग गर्ने विषयमा सम्झौता भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell