PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

​आठ डाक्टरविरुद्ध पर्सामा ठगी मुद्दा दायर, नक्कली प्रमाणपत्र रहेको आरोप



राधेश्याम पटेल

​आठ डाक्टरविरुद्ध पर्सामा ठगी मुद्दा दायर, नक्कली प्रमाणपत्र रहेको आरोप

वीरगञ्ज : वीरगञ्जबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरी काठमाडौँ लगेका नौ जना डाक्टरहरुमध्ये आठ जनाविरुद्ध पर्सा प्रहरीले पर्सा जिल्ला अदालतमा शुक्रबार मुद्दा दायर गरेको छ। 

ठगी मुद्दा दर्ता गरिएका डाक्टरहरुमा नेशनल मेडिकल कलेजका डाक्टर महम्मद रहुल्ला,  रामकुमार प्रधान, निमेशपाल रमन र  ईर्शादुल हक, नारायणी उपक्षेत्रिय अस्पताल वीरगञ्जका डाक्टर सरोजकुमार सिंह, डाक्टर पन्नालालप्रसाद पटेल र डाक्टर कुशराज गिरी तथा निजी क्लिनिकका डाक्टर दिनेशकुमार साह रहेका छन्।

  वीरगञ्जबाट पक्राउ परेका नौ जना डाक्टर मध्ये अरुण कुमार गुप्ता कहिलेकाहीँ मात्र वीरगञ्ज आउने गरेको र उनले काठमाडौँमै बसेर काम गरेकाले उनीविरुद्ध काठमाडौँबाट नै मुद्दा चलाइने  सीआईबीलाई उदृत गर्दै पर्सा प्रहरी प्रवक्ता होविन्द्र  बोगटीले बताए।
 
प्रहरीले वीरगञ्जबाट पक्राउ गरेका मध्ये सबैभन्दा बढी नेशनल मेडिकल कलेजका डाक्टर.महम्मद रहुल्लाले एक करोड तीन लाख रुपैयाँ ठगी गरेको मिसिल अदालतमा बुझाएको छ। 

त्यसैगरी अन्य डाक्टरहरुले ५ लाख देखि १२ लाख सम्मको ठगी गरेको मिसिल बुझाइएको छ। सबै मिसिल जिल्ला न्यायधिवक्ताको कार्यालयमा बुझाइएकोले कुन डाक्टर कति ठगी गरेका हुन् भन्ने विस्तृत विवरण आइतवार जानकारी हुने प्रवक्ता डिएसपी बोगटीले भने।

   डाक्टरहरुको विरुद्धमा सिआईबीले अदालतबाट थप गराएको म्याद आइतवारसम्म रहेको र आठ जना डाक्टरहरुलाई पर्सा प्रहरीको हिरासतमा राखिएको प्रहरी नायव उपरिक्षक बोगटीले जानकारी दिए।

सीआईबीले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको भन्दै असार ३ गते वीरगन्जबाट नौ जना डाक्टरहरुलाइ पक्राउ गरेर अनुसन्धानको लागि काठमाडौँ लगेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell