PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

वीरगञ्जका चिकित्सकहरुले फिर्ता लिए आन्दोलन, अस्पताल सञ्चालनमा



राधेश्याम पटेल

वीरगञ्जका चिकित्सकहरुले फिर्ता लिए आन्दोलन, अस्पताल सञ्चालनमा

वीरगञ्ज : गिरफ्तार गरिएकका चिकित्सकहरुलाई बिना शर्त रिहा गर्न अल्टिमेटम दिएको घोषणा गर्ने वीरगञ्जका चिकित्सकहरुले आज आन्दोलन फिर्ता लिएका छन्।

नेपाल चिकित्सक संघ, नारायणी वीरगञ्ज शाखाको बैठकले आन्दोलन फिर्ता लिने निर्णय गरेपछि आन्दोलन फिर्ता लिइएको संघका सचिव डा राजदेश कुशवाहाले जानकारी दिए।

गत शुक्रबारदेखि यहाँका चिकित्सकहरुले आकस्मिक सेवाबाहेक अन्य सेवा ठप्प पारी आन्दोलनमा उत्रेका थिए। आन्दोलन फिर्ता लिन विभिन्न निकायको दवाव बढदै गएको थियो।

नेपाल चिकित्सक संघ नारायणीका उपाध्यक्षका अनुसार, ‘हामीले चिकित्सक पक्राउको विरोध नभई चिकित्सकलाई पक्राउ गर्ने सिआईबीको शैली प्रति विरोध जनाएका हौं।’

उनले भने, ‘स्थानीय प्रशासन, केन्द्रीय नेपाल चिकित्सक संघ, राष्ट्रिय मानवअधिकार आयोग समेतको आग्रह पछि सिआइबीको कार्यशैलीको बिरोध जनाउदै काममा फर्कने निर्णय गरेका हौं।’

भविष्यमा सिआइबीको यस्तो कार्यशैली दोहोरिए त्यसविरुद्ध कडा कदम चाल्ने निर्णय पनि गरिएको उनले बताए।

आन्दोलन फिर्ता लिएसँगै शुक्रबारदेखि बन्द अस्पताल, क्लिनिक, एक्सरे लगायतको सेवा पनि सञ्चालनमा आएको छ। आन्दोलनका कारण तीन दिनदेखि दर्जनौँ अस्पताल तथा क्लिनिकहरु  प्रभावित हुनुको साथै पर्सा ,बारा ,रौतहट ,सर्लाही ,मकवानपुर ,विहारका सयौँ बिरामी तथा कुरुवा अलपत्र परेका थिए।
  
पुलिस क्लब र एपिएफ क्लब वीच मैत्रीपुर्ण खेल सशस्त्रले जित्यो
राधेश्याम पटेल÷बिजमान्डू
वीरगञ्ज
वीरगंजमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको राष्ट्रिय भोलीबल टिमहरु वीच मैत्रीपुर्ण खेल सम्पन्न भएको छ । मैत्रीपुर्ण खेलको उपाधी सशस्त्र प्रहरीले जितेको छ ।जिल्ला भोलीबल संघ पर्साको आयोजनामा आर्दशन नगर रंगशालामा सम्पन्न सो खेलको उद्घाटन गृह मन्त्री शक्ति बस्नेतले गरे । सशस्त्रले ५ राउन्डमा ३–२ले बाजी मारेको हो । सशस्त्रका तर्फबाट सुरेशकुमार चौधरी तथा नेपाल प्हरीका तर्फबाट इमराना मगरले कप्तानी गरेका थिए । मधेस आन्दोलन पश्चात वीरगञ्जमा सुरक्षा निकायाका उच्च पदाधिकारीहरुको रोहबरमा खेलिएको उक्त खेलमा उलेख्य सख्यामा दर्शकहरुको उपस्थिति थियो ।विजेता र उपविजेता खेलाडीहरुलाई गृह सचिव नारायाण गोपाल मलेगु ,नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्याल ,सशस्त्र महानिरीक्षक दुर्ज कुमार राई ,पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेलगायत नेपाल प्रहरी ,सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धानका उच्चपदस्थ पदाधिकारीहरुको सहभागिता थियो ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell