PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

नेपाली नागरिकता लिएको आरोपमा भारतीय पक्राउ



राधेश्याम पटेल

वीरगञ्ज : पर्सा प्रहरीले भारतीय नागरिक भए पनि नेपालको नागरिकता प्रमाणपत्र लिएको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत ,विहार,पश्चिम चम्पारण ,रामनगर स्थायी घर भई हाल वीरगंज–२४ लिपनीविर्ता ,परवानीपुरमा बसोवास गर्दै आएका ५९ वर्षिया शिवशंकर शर्मा लोहार रहेका छन्। उनका विरुद्ध स्थानीयले  पर्सा प्रहरीमा प्रमाणसहित दिएको उजुरीको आधारमा प्रहरीले उनलाई बुधबार पक्रेर थप अनुसन्धान अघि बढाएको पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले जनाएका छन्।

प्रहरीले उनलाई दिउँसो २ बजे नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जबाट पक्राउ गरेको थियो। प्रहरीले उनीविरुद्ध दोहोरो नागरिकता लिएको कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिए।

पक्राउ परेका लोहारले २०६३ सालमा नागरिकता वितरण गर्ने नागरिकता टोलीमार्फत् नेपाली अङ्गीकृत नागरिकता लिएका थिए। तर उनले भारतीय नागरिक रहेको प्रमाण त्याग गरेका छैनन्। मतदानको बेला दुवै देशको मतदानमा भाग लिँदै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell