PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

बारा २ मा को हाबी? उम्मेदवारहरुको आआफ्नै दाबी



राधेश्याम पटेल

बारा २ मा को हाबी? उम्मेदवारहरुको आआफ्नै दाबी

कलैया : बारा क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनमा प्रतिस्पर्धामा उत्रेका उम्मेदवारहरुले आफूहरुले नै जित्ने दाबी गरेका छन्।

जनता समाजावादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले वैशाख १० गते हुने उपचुनावमा बारा २ बाट उम्मेदवारी दर्ता  गराएका छन्। उनले जिल्ला समन्वय समिति बारामा तोकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गरे।

त्यसपछि प्रतिक्रिया दिँदै उनले भने, 'म बारावासीको सम्मानको लागि चुनवा लड्न आएको छ। जनता अजय हुन्छ। बारा २ का जनतामा उत्साह र उमंग छाएको छ। बारावासीले चुनाव लडन बोलाएपछि आफु उम्मेदवारी दिन आएको हुन।'

बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगेका जुलुसमा सयौंको सख्यामा नेता कार्यकर्ताहरुको सहभागिता थियो।

पौडेल भन्छन् : विजय निश्चित छ

यस्तै, बारा २ मा नेकपा एमालेबाट उम्मेदवारी दर्ता गरेपछि एमाले नेता पुरुषोत्तम पौडेलले आफ्नो विजय सुनिश्चित भएको बताए। उम्मेदवारी दर्ता गर्दै एमाले जित्ने पक्का रहेको उनले बताएका हुन्।

'बारा २ को हरेक गाउँमा एमालेका झण्डा फहराइरहेको छ। जनता यसपाली एमालेलाई लागि परेका छन् । त्यसैले हाम्रो जित निश्चित रहेको छ,' उनले भने।

एमाले राष्ट्रियता र देशको विकासको सवालमा एकमत भएको भन्दै उनले निर्वाचनमा आफूले बाजी मार्ने उनले ठोकुवा गरे। बाहिरबाट आएका उम्मेदवारलाई जनताले मत नहाल्ने समेत उनले जिकिर थियो।

रमेश खरेलको एजेन्डा सुशासन

यता, राष्ट्रिय स्वतन्त्र पार्टीबाट बारा २ का प्रतिनिधि सभा सदस्यको उपचुनावको लागि उम्मेदवारी दर्ता गरेपछि रमेश खरेलले आफनो एजेन्डा सुशासन स्थापना गर्नु रहेको बताएका छन्।

खरेलले उम्मेदवारी दर्ता गरेपछि भने,‘मेरो एजेन्डा सुशासन,शिक्षा र सुरक्षा हो।'

बारा ऐतिहासिक जिल्ला भएको भन्दै उनले बारावासीको आग्रहमा नै आफू चुनाव लडन आएको उनले बताए। वैशाख १० मा हुने उपचुनावमा जनताले आफनो विवेक प्रयोग गर्नेमा आफू आश्वस्त रहेको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell