PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

बारा २ उपचुनाव : दिउँसो ३ बजेसम्म १८ जनाको उम्मेदवारी दर्ता



राधेश्याम पटेल

बारा २ उपचुनाव : दिउँसो ३ बजेसम्म १८ जनाको उम्मेदवारी दर्ता

कलैया : वैशाख १० गते हुने बारा क्षेत्र नं २ को उपचुनावको लागि आज उम्मेदवारी दर्ता भइरहेको छ। बाराको सदरमुकाम कलैयास्थित जिल्ला समन्वय समितिमा तोकिएको निर्वाचन अधिकृतको कार्यालयमा विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताहरुले बाजागाजासहित जुलुस निकालेर उम्मेदवारी दर्ता गरेका छन्।

बिहान १० बजेदेखि साँझ ५ बजे सम्म उम्मेदवारी दर्ता गर्ने समय तालिका रहेको छ। दिउँसो ३ बजे सम्म विभिन्न राजनीतिक दलका गरि १८ जना उम्मेदवार उम्मेदवारी दर्ता गरिसकेको बारा २ का उपनिर्वाचनका अधिकृत मुकेश उपाध्यायले जानकारी दिए।

उनका अनुसार बारा २ बाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, एमालेका पुरुषोत्तम पौडेल, जनमत पार्टीबाट शिवचन्द्र कुशवाहा, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल, प्रभु साह नेतृत्वको आम जनता पार्टीबाट अरुणकुमार ज्ञवाली, नेपाल मजदुर किसान पार्टीबाट मुक्तिप्रसाद यादव, हाम्रो नेपाल पार्टीबाट चन्द्रप्रकाश सुवेदी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सोनालाल साह तेलीले मनोनयन दर्ता गराएका छन्।

यस्तै, ११ जना स्वतन्त्र उम्मेदवारहरुले पनि उम्मेदवारी दिएका छन्। स्वतन्त्र उम्मेदवारी दिनेहरुमा मुना मन्सुरी, बाबुराम प्रसाद कलवार, विनोदकुमार कर्ण, गिरजा कुमारी, उषाकुमारी कुशवाहा, सियारी देवी, रिता देवी, जैसी राउत, दिनेशप्रसाद यादव, असर्फी राउत अहिर रहेका छन्। अहिले पनि उम्मेदवारी दर्ता जारी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell