PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

ललितपुर प्रहरीकाे चाडपर्व लक्षित सुरक्षा योजना : ‘घरसम्पति र परिवारको मुख नै काटेर जुवातास खेल्नेलाई छाड्दैनौं’



पहिलोपोस्ट

ललितपुर प्रहरीकाे चाडपर्व लक्षित सुरक्षा योजना : ‘घरसम्पति र परिवारको मुख नै काटेर जुवातास खेल्नेलाई छाड्दैनौं’

काठमाडौंः महानगरीय प्रहरी परिसर ललितपुरले चाडपर्वमा हुने अपराध नियन्त्रण गर्न विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ। 

महानगरीय प्रहरी परिसर ललितपुरले पत्रकार सम्मेलन गरी दशैँ, तिहार र छठका लागि विषेश सुरक्षा प्रबन्ध मिलाएको परिसर प्रमुख एसएसपी गणेशबहादुर ऐरले जानकारी दिए।

एसएसपी ऐरले भने,‘जनतालाई चाडपर्वमा सुरक्षा दिन कुनै कसुर बाँकी राख्दैनौँ, २४ सै घण्टा प्रहरी तैथान हुन्छ।’

चाडपर्वलाई लक्षित गर्दै ललितपुरमा करिब ११ सय वर्दीमा र सादा पोशाकमा प्रहरी खटाइने एसएसपी ऐर बताए । 

दशैंमा सुरक्षाका लागि प्रहरीको सेन्ट्रल रेस्पोन्स भ्यान (सिआरभी), क्वीक रेस्पोन्स टिम (क्युआरटी) र साइकलमा प्रहरी परिचालन, पिकेट ड्यूटी गर्नेछ। 

त्यस्तै, मोटरसाइकल, मोटर र साइकल गस्ती पनि गरिनेछ। विभिन्न स्थानमा सुरक्षा पोस्ट खडा गरी सुरक्षा व्यवस्था मिलाएको उनले बताए। 
जुवातास खेल्नेलाई कडा निगरानी गर्ने उनले बताए। एसएसपी ऐरले भने,‘घरसम्पति र परिवारको मुख नै काटेर जुवातास खेल्नेलाई हामी छाड्दैनौं।’

चाडपर्वमा यात्रुलाई बढी भाडा लिएर ठगी गर्ने चालकको निरगरानी गरिरहेको पत्रकार सम्मेलनमा उनले जानकारी दिए। 
दशैंको समयमा चिठ्ठा कार्यक्रम गरेर ठगी गर्नेलाई पनि कारबाही गर्ने एसएसपी ऐरले बताए । 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell