A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.6763a4fc6ebce2.22794776): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.6763a4fc6ebce2.22794776,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.6763a4fca7e437.26672854): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.6763a4fca7e437.26672854,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

रक्षामन्त्रीलाई बाजुरावासीको ज्ञापनपत्रः मानसरोवर जोड्ने सडक निर्माणको माग
PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

रक्षामन्त्रीलाई बाजुरावासीको ज्ञापनपत्रः मानसरोवर जोड्ने सडक निर्माणको माग



पहिलोपोस्ट

रक्षामन्त्रीलाई बाजुरावासीको ज्ञापनपत्रः मानसरोवर जोड्ने सडक निर्माणको माग

बाजुराः बाजुराको हिमाली गाउँपालिकाका बासिन्दाले मानसरोवर जोड्ने सडक निर्माणको माग गरेका छन्।

रक्षामन्त्री भीमसेनदास प्रधानलाई १२ बुँदे मागसहितको ज्ञापन पत्र बुझाउँदै उनीहरुले कवाडीदेखि विच्छ्या हुँदै मानसरोवर जोड्ने सडक निर्माणका लागि पहल गरिदिन माग गरेका हुन्।

हिमाली गाउँपालिकाका प्रत्येक वडामा स्वास्थ्य चौकी निर्माण गर्नुपर्ने, गाउँपालिकामा १५ शय्याको अस्पताल निर्माणका माग राखिएको गाउँपालिकाका अध्यक्ष गोविन्द्रबहादुर मल्लले जानकारी दिए। 

मन्त्री प्रधानलाई हिमाली गाउँपालिकामा विभिन्न जडीबुटी पाइने भएकाले विच्छ्याबाट अवैध चोरी निकासी हुने गरेकाले तत्काल रोक्नु पर्ने, विद्यालयमा पढाइ अवरोध भएकाले तत्काल स्थायी शिक्षकको दरबन्दी कायम गर्नुपर्ने र विच्छ्या र रुगिनका लागि कवाडीमा स्थायीरुपमा चामलको डिपो स्थापना गर्नुपर्नेलगायतका १२ बुँदे मागसहित ज्ञापनपत्र बुझाइएको छ। 

भौगोलिक विकटतासँगै हिमालीमा सरकारी सेवा सुविधामा समयमै जनताले सहजरुपमा नपाएको भन्दै रक्षामन्त्रीसँग गाउँपालिकावासीले दुखेसो पोखेका छन्। राज्यले दिने सेवा सुविधा सिंहदरबारको सरकार गाउँमा आएको अनुभूति नभएको ज्ञापनपत्र बुझाउन गएका गाउँपालिकावासीको भनाइ छ। 

ज्ञापनपत्र बुझ्दै रक्षामन्त्री प्रधानले बाजुराको हिमाली गाउँपालिकालाई विशेष प्राथमिकता दिन छलफल गर्ने आश्वासन दिए।

उनले हिमाली गाउँपालिकामा थुप्रै सम्भावना भएकाले यसको संरक्षण र संवद्र्धन गर्न सरकार प्रतिबद्ध रहने बताए। सडक सञ्चार, खानेपानी, विद्युत्, जडीबुटीलगायतका आयआर्जनका क्षेत्रमा सरकारले लगानी गर्ने मन्त्री प्रधानले आश्वासन दिए।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell