PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

पाँच कम्पनीले लाभांस घोषणा, सबैको प्राथमिकता पूँजी बढाउन बोनस सेयर



पहिलोपोस्ट

काठमाडौं : तीन कम्पनीले लाभांस घोषणा गरेका छन्। जसमा प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी, सिद्धार्थ इन्स्योरेन्स, कैलास विकास बैंक, आरएसडिसी लघुवित्त विकास बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकले लाभांस घोषणा गरेका हुन्। 
 
प्रुडेन्सियल इन्स्योरेन्सले गत बर्षको मुनाफाबाट २० प्रतिशत बोनस सेयर र त्यसमा लाग्ने कर बराबरको रकम १.०५ प्रतिशत नगद लाभांस दिने भएको छ। 
 
गतवर्ष कम्पनीले २१.०५ प्रतिशत लाभांस दिएको थियो। हाल कम्पनीको चुक्ता पूँजी ४२ करोड ७६ लाख रुपैयाँ छ। गत वर्ष कम्पनीले १७ करोड १३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो। 
 
सिदार्थ इन्स्योरेन्स कम्पनीले आफ्ना शेयरधनीलाई २० प्रतिशत बोनस शेयर घोषणा गरेको छ। कर प्रयोजनका लागि छुट्टै १.०५३ प्रतिशत नगद लाभांस दिने भएको छ। गत वर्ष कम्पनीले ३१.५७ प्रतिशत लाभांस दिएको थियो।
  
सप्तकोशी डेभलपमेन्ट बैंकले ११.५० प्रतिशत बोनश शेयर घोषणा गरेको छ। कैलासले १० प्रतिशत बोनस सेयर र ९.५० प्रतिशत नगद लाभांस घोषणा गरेको छ। यसैगरी आरएसडिसीले १३ प्रतिशत बोनस सेयर र ०.६८ प्रतिशत नगद लाभांस घोषणा गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell