PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

फिल्म 'अनुराग'का लागि छानिए पल शाह



पहिलोपोस्ट

फिल्म 'अनुराग'का लागि छानिए पल शाह

काठमाडौं: फिल्म ‘अनुराग’मा अभिनेता पल शाह अनुबन्धित भएका छन्। फिल्म घोषणसँगै घोषित मोडल दीपक घिमिरेले फिल्म नगर्ने भएपछि फिल्मको लागि नयाँ अभिनेता चयन गरिएको हो।

फिल्ममा पल शाहको चयनबारे फिल्म अनुरागको निर्देशक रहेका सत्यराज चौलागाईंले पुष्टि गरेका हुन्। सोमबार फिल्म युनिट र अभिनेता शाह बीच सम्झौता हुने बताइएको छ।

एरिका फिल्मस ब्यानरमा बन्ने फिल्म अनुरागलाई किरण दाहालले लेखेको हुन्। फिल्ममा पटकथा र संवाद निर्देशक सत्यराज साथै आगत केसीले लेखेका हुन्। फिल्ममा सरोज खनाल, रुपा राणा, एलिजा गौतमको मुख्य अभिनय रहनेछ। आउँदो वर्षको वैशाखमा रिलिज टार्गेट गरेको फिल्म युनिट छठ पछाडि मात्र छायांकनको लागि फ्लोरमा उत्रनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell