PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

तत्काल आन्दोलन फिर्ता लिन चिकित्सकलाई स्वास्थ्य मन्त्री पोखरेलको आग्रहः प्रधानमन्त्री फर्किएपछि माग पूरा गर्ने आश्वासन



पहिलोपोस्ट

तत्काल आन्दोलन फिर्ता लिन चिकित्सकलाई स्वास्थ्य मन्त्री पोखरेलको आग्रहः प्रधानमन्त्री फर्किएपछि माग पूरा गर्ने आश्वासन

काठमाडौं : स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलले चिकित्सकहरुलाई आन्दोलन फिर्ता गर्न आग्रह गरेका छन् । चाडपर्व  समयमा अस्पताल बन्द गर्दा विरामीलाई असर पर्ने भन्दै उनले तत्काल आन्दोलन फिर्ता लिन आग्रह गरेका हुन्।  

मंगलवार विशेष पत्रकार सम्मेलन गर्दै मन्त्री पोखरेलले चिकित्सक संघको माग पूरा गर्न सरकारले टोली बनाएर काम थालिसकिएको दावी गरेका थिए। मन्त्री पोखरेलले भने, ‘केही दिनमा माग पूरा हुन्छ। अहिले आफ्नो आन्दोलन स्थगित गरेर अति आवश्यक सेवा संचालनमा लाग्नुहोस्।’

मन्त्री पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवा विदेश भ्रमणमा रहेको भन्दै उनी फर्कने समयसम्म कुनै आन्दोलन नगर्ने आग्रह गरेका थिए। उनले भने, 'प्रधानमन्त्री फर्किएपछि मन्त्रिपरिषद्को निर्णय पर्खनुहोस्। तपाईँहरुको माग पूरा हुन्छ।’

चिकित्सकहरुलाई कुटपिट तथा हातपात गर्नेहरुलाई 'जेल विथआउट वेल' हुनुपर्ने माग गर्दै अस्पतालको आकस्मिक बाहेक अन्य सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका छन्। गत सातादेखि चिकित्सक संघको नेतृत्वमा भएको आन्दोलनका कारण आकस्मिक बाहेकका अन्य सेवा ठप्प पार्दा देशभरका अस्पतालमा बिरामी मर्कामा परेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell