PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

असोज २३ गतेभित्र उम्मेदवारको नाम पठाउन एमालेको निर्देशन



रासस

असोज २३ गतेभित्र उम्मेदवारको नाम पठाउन एमालेको निर्देशन

काठमाडौँ : नेकपा (एमाले) ले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि यही असोज २३ गतेभित्र उम्मेदवारको नाम पठाउन निर्देश गरेको छ । 

सो पार्टीको आज बसेको स्थायी कमिटीको बैठकले यही असोज १६ र १७ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बैठकले गरेको निर्णणअनुरुप जिल्ला कमिटीमा नाम सिफारिस गर्न र १९ र २० मा जिल्ला कमिटीको बैठक बसी प्रदेश कमिटीमा पठाउनुपर्नेछ।

प्रदेश कमिटीले असोज २२ र २३ गते बैठक गरी २३ गतेभित्र पार्टी कार्यालयमा नाम दिनुपर्नेछ। ती नामबारे अन्तिम टुंगो लगाउन असोज २६ र २७ गते स्थायी कमिटीको बैठक बस्ने एमालेका सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए। एमालेले असोज २९ गते संघ र प्रदेशको समानुपातिकतर्फको बन्द सूची निर्वाचन आयोगमा पेस गर्नेछ। 

पार्टीले यसअघि स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेकालाई यो वर्ष अन्य निर्वाचनमा उम्मेदवार बनाउने छैन। तर विशेषस्थितिमा महिलाहरुको हकमा केही उम्मेदवार दोहोरिन सक्नेछ। उम्मेदवार चयन गर्दा पार्टीप्रति प्रतिबद्ध, निष्ठावान, भ्रष्टाचार र नैतिक पतनमा संलग्न नभएको, जित्न सक्ने, जनतमा लोकप्रिय, संसदीय दृष्टिकोणमा रुची र ज्ञान भएको, समावेशिता तथा भौगोलिक सन्तुलनलाई ध्यान दिनेलगायतको मापदण्ड तय गरेको छ । 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell