PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

गोरखा दरबारबाट फूलपाती पठाइयो



पहिलोपोस्ट

गोरखा दरबारबाट फूलपाती पठाइयो
फोटोः रासस

प्रसन्न पोखरेल 
गोरखाः  गोरखा दरबारस्थित दशैँ घरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातिसहितको डोली पठाइएको छ । 

विधिपूर्वक पूजाअर्चना गरेर दरबारका सुसारेले आज बिहान ९ बजे शुभसाइतमा फूलपातीसहितको डोली काठमाडौँ पठाएका हुन् । 

फूलपातीको डोली बा१झ ६५४८ नंको सरकारी गाडीमा राखेर हनुमान ढोका दरबार पठाइएको गोरखा दरबार हेरचाह अड्डाकी प्रमुख मञ्जुसिंङ भण्डारीले जानकारी दिए । 

गोरखाबाट पठाएको फूलपाती हनुमानढोका दरबार पु¥याएपछि आज साँझ हर्ष बढाइँका साथ फूलपाती भित्र्याउने प्रचलन छ । गोरखा दरबारको दशैँ घरमा पनि साँझ फूलपाती भित्र्यान्छ । 

गोरखाका राजा पृथ्वीनारायण शाहले राजधानीको हनुमानढोका दरबारबाट राजकाज शुरु गरेदेखि वर्षेनी गोरखाको दशैं घरबाट फूलपातीसहितको डोली हनुमानढोका दरबार पु¥याएर भित्र्याउने चलन छ । गोरखा दरबारको दशैँ घरबाट सतिपिपलस्थित फूलपाती चौतारासम्म फूलपातीको डोली सुसारेहरुले बोकेर ल्याएका हुन् । 

गोरखा दरबार हेरचाह अड्डाले गोरखा पर्यटन विकास केन्द्र, सतिपिपलको एकता युथ क्लब र गोरखा मल्टिट्यालेन्ट गु्रपको संयोजनमा फूलपातीको डोली हनुमानढोका दरबार पठाएको हो । दरबारस्थित दशैँ घरबाट मालश्री धुनसहित सतिपिपलसम्म ¥याली निकालिएको थियो । 

यस्तै गोरखा धिमे पुच (नेवार समूह)का युवाले दरबारबाट सतिपिपलसम्म बाजागाजासहित नृत्य प्रस्तुत गरेका थिए । सतिपिपलबाट १०० भन्दा बढी मोटरसाइकल चालक युवाले फूलपातीको डोली बोकेको गाडीलाई स्कर्टिङ गरेको एकता युथ क्लबका प्रवीण बस्नेतले जानकारी दिए । 
फूलपाती काठमाडौँ पठाउनुपूर्व सतिपिपलको फूलपाती चौतारामा आयोजित कार्यक्रममा गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले गोरखाको इतिहास, परम्परा विश्वकै उत्कृष्ट र प्रशंसा गर्न लायक भएकाले संस्कृतिको जगेर्नाका लागि नगरपालिका कार्यालयबाट सहयोग गर्ने प्रतिबद्धता जनाए ।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell