PahiloPost

Jul 3, 2024 | २० असार २०८१

फिल्म 'रानी'को ट्रेलरमा प्रेम, पिडा, एक्शन र सस्पेन्स



पहिलोपोस्ट

फिल्म 'रानी'को ट्रेलरमा प्रेम, पिडा, एक्शन र सस्पेन्स

काठमाडौं: फिल्म 'रानी'को ट्रेलर सार्वजनिक भएको छ। त्रिकोणात्मक प्रेम कथा रहेको भनिएको फिल्मको ट्रेलरले प्रेम, एक्शन र सस्पेन्स देखाउँछ। फिल्ममा मुख्य चार कलाकार मलिना जोशी, अनुपबिक्रम शाह, शारुक ताम्राकार र मनिष सुन्दर श्रेष्ठको फिचरिङ रहेको छ।

फिल्मलाई पुरुषोत्तम प्रधानले खिचेको भए पनि गीतको भिडियोलाई भने सिसान बाँनिया र मानकृष्ण महर्जनले खिचेका हुन्। भिडियोलाई बब्बु थापाले कोरियोग्राफ गरेका हुन्। गीतको भिडियोमा फिल्मका तीन मुख्य कलाकार मलिना, शारुक र मनिषको फिचरिङ रहेको छ। अभिनेता अनुपबिक्रम शाही भने भिडियोमा देखिएका छैनन्।

जय माँ अम्बे फिल्मसको प्रस्तुती फिल्म रानीमा नवअभिनेताहरु शारुक ताम्राकार र मनिषसुन्दर श्रेष्ठ साथै अन्य कलाकार मलिना जोशी, अनुपबिक्रम शाही र सुसान खड्काको पनि मुख्य अभिनय रहेको छ। कार्तिक २ गते रिलिज टार्गेट गरेको फिल्मलाई दयाराम दाहालको निर्देशन गरेका हुन् भने भानु महर्जन र बिमल गुभाजुले संयुक्त रुपमा निर्माण गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell