काठमाडौं: दशैं बिदाको छेको पारेर दुई नेपाली फिल्म बुधबार नै पर्दामा उत्रिए। फिल्म 'छक्कापञ्जा २' र 'मेरो पैसा खोई?' प्रदर्शनमा आए। दशैंको बिदाले गर्दा हलमा दर्शकको राम्रै भिड लाग्यो। भिडले फिल्महरुलाई दशैं कति दक्षिणा दियो त?
फिल्म 'छक्कापञ्जा २'ले दुई दिनमा ३ करोड ६ लाख ग्रस कमाएको जनाइएको छ। फिल्मले पहिलो दिन १ करोड ६० लाख कमाई गरेको फिल्म युनिटको दाबी थियो। पहिलो दिनको तुलनामा दोस्रो दिन व्यापर खस्किए पनि फिल्मको लागि दर्शकको साथ राम्रो देखिएको वितरक गोपाल कायस्थले बताए। उनका अनुसार फिल्मले दोस्रो दिन ग्रस १ करोड ४६ लाख कमाई गरेको हो।
त्यस्तै फिल्म 'मेरो पैसा खोई?'ले भने दुई दिनमा ९ लाख मात्र ग्रस कलेक्शन गरेको छ। उक्त कलेक्शन काठमाडौंको १० सिनेमा हलबाट गरेको बताइएको छ। फिल्म डिस होमका लागि बिक्री भैसकेको छ।