PahiloPost

Sep 23, 2024 | ७ असोज २०८१

बालुवाटार पुगेर प्रचण्डले प्रधानमन्त्रीलाई के भने ?



पहिलोपोस्ट

बालुवाटार पुगेर प्रचण्डले प्रधानमन्त्रीलाई के भने ?

काठमाडौँ :  प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ। 

आगामी मंसिर १० र २१ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि वामपन्थी दलकाे तालमेल र चर्चाकै समयमा प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच भेट भएको हो।

कांग्रेसले वर्तमान गठबन्धन कायम राखेर निर्वाचनमा जान माओवादी केन्द्रसँग प्रस्ताव गरेको छ भने केन्द्रले नेकपा एमालेसँगको तालमेल र पार्टी एकताका लागि वार्ता अघि बढाएको छ। 

प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले दुई शीर्ष नेताबीच आपसी छलफल भएको तर आफूलाई विस्तृत जानकारी नभएको बताए।रासस 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell