PahiloPost

Dec 18, 2024 | ३ पुष २०८१

तेह्रथुम जिल्ला अस्पतालमा फार्मेसी सञ्चालन



पहिलोपोस्ट

तेह्रथुम जिल्ला अस्पतालमा फार्मेसी सञ्चालन

तेह्रथुम :  जिल्ला अस्पताल, तेह्रथुमले फार्मेसी सेवा सञ्चालन गरेको छ। 

बिरामीको सुविधालाई ध्यानमा राख्दै फार्मेसी सेवा सुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा मुक्तिनारायण साहले बताए। फार्मेसी सुरु भएपछि बिरामीलाई निजी क्लिनिकबाट महंगो शुल्क तिरेर औषधि किन्नुपर्ने बाध्यता हटेको छ। 

अस्पतालभित्रै रहेको फार्मेसीमा सरकारले निःशुल्क दिने ७० सहित अत्यावश्यक १०० भन्दा बढी प्रकारका औषधि उपलब्ध छन्। निःशुल्क पाउनेबाहेकका औषधि १० प्रतिशत छुटमा २४ सै घण्टा बिरामीलाई उपलब्ध गराइने डा साहले बताए। 

फार्मेसी सञ्चालनका लागि जिल्ला स्वास्थ्य कार्यालयले दुई लाख ५० हजार रुपैयाँ बीउ पूँजीका रुपमा खर्च गरेको छ। सोही रकमले अत्यावश्यक औषधि अस्पतालभित्रै उपलब्ध गराउने प्रयत्न गरिएको हो।

चालु आर्थिक वर्षमा पनि बजेट थप गरेर अझै व्यवस्थित गर्ने योजना रहेको साहले जानकारी दिए।रासस 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell