PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

प्रदेश सभाका लागि एमालेद्वारा लमजुङबाट ६ जना सिफारिस



पहिलोपोस्ट

प्रदेश सभाका लागि एमालेद्वारा लमजुङबाट ६ जना सिफारिस

लमजुङः आसन्न प्रदेश सभा निर्वाचनका लागि नेकपा एमाले लमजुङबाट ६ जनाको नाम सिफारिस भएको छ। 

एमाले प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटीको बैठकले दुई निर्वाचन क्षेत्रका लागि ६ जनाको नाम जिल्ला कमिटीमा पेश गरेको हो। 

एमाले लमजुङका अनुसार निर्वाचन क्षेत्र नं १ बाट जिल्ला अध्यक्ष धनञ्जय दवाडी, भीमबहादुर गुरुङ र विष्णुमाया गुरुङलाई प्रदेशसभाको उम्मेदवार बनाउन सिफारिस गरिएको छ। 

यस्तै, क्षेत्र नं २ बाट जिल्ला सचिव कृष्णप्रसाद अधिकारी, डा भीष्मनाथ अधिकारी र सीता गुरुङको नाम सिफारिस गरिएको छ। 

कमिटीले सुझावसहित पेश गरेको नामावलीलाई २० गते जिल्ला कमिटीको बैठकमा छलफल गरी प्रदेश कमिटीमा सिफारिस गरिने जिल्ला अध्यक्ष धनञ्जय दवाडीले जानकारी दिए।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell