PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

देउवाले माओवादी मन्त्रीलाई वर्खास्त गरे एमालेले के गर्छ?



पहिलोपोस्ट

काठमाडौं : सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले प्रतिपक्ष दल नेकपा एमालेसँग चुनावी तालमेल र एकता गर्ने घोषणा गरेलगतै सरकारको आयु के हुन्छ भन्ने चर्चा चलिरहेको छ। 

अर्कोतिर प्रधानमन्त्री शेरबहादुर देउवाले बुधवार कानुन व्यवसायीहरुलाई बोलाएर नै संसदमा अविस्वासको प्रस्ताव आए के गर्ने भनेर सुझावसमेत लिइसकेका छन्। 

नेकपा एमालले भने अहिलेको सरकारलाई कुनै पनि तवरले चलाउन नचाहेको बताउँदै आएको छ। नेकपा एमाले नेता बिष्णु रिमालले पहिलोपोस्टसँगको कुराकानीमा कुनै अविश्वासको प्रस्ताव संसदमा दर्ता गराउने र सरकार ढाल्ने खेल नरहेको बताए। उनले भने, 'हाम्रो पार्टीको स्पष्ट धारणा छ निर्वाचन अहिले कै सरकारले गराउँछ त्यसमा हाम्रो कुनै समस्या हुँदैन।'
 
नेता रिमालले माओवादी केन्द्रसँग पनि सरकार बनाउने र गिराउने कुनै छलफल नभएको बताए। 'सरकार गठन कांग्रेस र माओवादीबीचमा भएको कुरा हो। हामीलाई यसमा केही चासो छैन। हामीले त माओवादीसँग तालमेल र एकताको विषयमा मात्र कुरा अगाडि बढाएका हौं।'

नेपाली कांग्रेसले माओवादी केन्द्रका मन्त्रीलाई बर्खास्त गरेर सरकार चलाउने छलफलसमेत गरिरहेको छ। नेकपा एमाले यसमा पनि मौन नै रहने रिमालको दावी छ। नेता रिजालले भने, 'हामी यो विषयमा पनि चुप नै बस्छौं। सरकारो सम्पूर्ण डिल कांग्रेस र माओवादी केन्द्र बीचको मात्र हो।' 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell