PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

डिआईजी नवराज सिलवाल एमाले प्रवेश, ओलीले गरे स्वागत



पहिलोपोस्ट

डिआईजी नवराज सिलवाल एमाले प्रवेश, ओलीले गरे स्वागत

काठमाडौं : नेपाल प्रहरीका तत्कालीन डिआइजी नवराज सिलवाल नेकपा एमाले प्रवेश गरेका छन्। 

नेकपा एमाले काठमाडौं जिल्ला कमिटिले आज आयोजना गरेको कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीले सिलवाललाई टीका र माला लगाएर पार्टी प्रवेश गराएका हुन्।

कार्यक्रममा सिलवालले आफू जस्तै अरु पनि राजनीतिबाट पीडित नहुन् भनेर राजनीतिमा लागेको बताए।

उनले भने,‘मेरो जीवनमा राजनीति भयो। राज्यले मलाई समान व्यवहार गरेन र म राजनीतिमा लागेको हुँ। म बाट अपेक्षा गर्नुभएको छ म अब मुलुकको लागि काम गर्छु।’

यसअघिको सरकारले जयबहादुर चन्दलाई आईजीपी नियुक्त गरेपछि सिलवाल त्यसविरुद्ध अदालत गएका थिए। 

कार्यसम्पादन मूल्याङ्कनमा चन्द सिलवालभन्दा पछाडि रहेको भन्दै अदालतले रोकिदिएपछि सरकारले प्रकाश अर्याललाई आईजीपी नियुक्त गरेको थियो। 

अदालत गएकाले सिलवाललाई सरकारले एआईजीमा समेत बढुवा गरेन। अदालतबाट पनि न्याय नपाएको भन्दै सिलवालले राजिनामा दिएका छन्। तर उनको राजिनामा स्वीकृत नभएको बताइएको छ।

कार्यक्रममा सिलवालले आफ्नो  जीवनमा राजनीति भएकाे र राज्यले अरु सरह व्यवहार नगरेकाे आराेप लगाए। अाफूले जस्तै अरु पनि राजनीतिबाट पीडित नहाेस् भनेर काम गर्नका लागि राजनीतिमा लागेकाे  सिलवालले प्रष्ट पारे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell