PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

नोबेल शान्ति पुरस्कार बिजेता आइक्यानलाई राष्ट्रसंघका महासचिवले दिए बधार्इ



पहिलोपोस्ट

नोबेल शान्ति पुरस्कार बिजेता आइक्यानलाई राष्ट्रसंघका महासचिवले दिए बधार्इ

संयुक्त राष्ट्रसंघः सन् २०१७ को नोबेल शान्ति पुरस्कार बिजेता अभियन्ता–समूह इन्टरनेशनल क्याम्पेन टु एबोलिस न्युक्लियर विपन्स (आइक्यान) लाई संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेर्रेसले बधाई ज्ञापन गरेका छन्। 

यसै क्रममा उनले आणविक हतियारमुक्त विश्वको नवनिर्माण गर्न सबै आणविक शक्ति सम्पन्न राष्ट्रहरुलाई गहिरो प्रतिवद्धता जनाउन आह्वान गरे।

आणविक हतियार निसस्त्रिकरण र सम्झौतामा आधारित निषेधिकरणको दिशामा उपलब्धि हासील गर्न आइक्यानले अहिलेसम्म गरेको प्रयासलाई कदर गर्दै यस वर्षको नोबेल शान्ति पुरस्कार उक्त अभियन्ता समूहलाई दिइने शुक्रबार घोषणा गरिएको थियो। 

सन् १९४६ मा सम्पन्न राष्ट्र संघको पहिलो महासभामा पारित प्रस्ताव – आणविक हतियार निसस्त्रिकरण नै संयुक्त राष्ट्र संघको प्रमुख उद्देश्य हो।

सोही उद्देश्य अनुरुप आणविक हतियार वा जुनसुकै प्रकारका आमविनाशकारी हतियारबाट विश्वलाई मुक्त राख्ने राष्ट्र संघको लक्ष भएको राष्ट्र संघद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ। 

आणविक हतियार मानवीय विनासको कारक बन्दै आएको र यसखालका हतियार प्रयोग तथा निर्माणमा रोक लगाउन गरेको प्रयास नै पुरस्कारका लागि आधार बनेको नोबेल समितिकी अध्यक्ष बेरिट राइस एण्डरसनले बताएकी थिइन्। 

गत जुलाईमा विश्वका १२२ राष्ट्रले सबै परमाणु अस्त्र प्रतिबन्ध गर्दै निर्मूल पार्नका लागि बनाइएको संयुक्त राष्ट्रसंघको सन्धिमा हस्ताक्षर गरेका थिए। तर बेलायत र अमेरिकासहितका विश्वका नौ वटा परमाणु शक्ति सम्पन्न राष्ट्रले भने त्यसमा हस्ताक्षर गरेनन्। 

सयौँ गैरसरकारी संस्थाहरू सम्मिलित आइक्यान १० वर्ष पुरानो संस्था हो र यसको मुख्यालय स्वीट्जरल्याण्डको जेनेभामा छ। 

एघार लाख डलरसहितको पुरस्कार आगामी डिसेम्बरमा हुने एक कार्यक्रमबीच प्रदान गरिनेछ। रासस/सिन्ह्वा 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell