PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

पाल्पा–बुटवल सडक स्तरोन्नती नहुँदा यात्रुलाई सास्ती



पहिलोपोस्ट

पाल्पाः पाल्पा बुटवल सडकखण्डको स्तरोन्नति हुन नसक्दा वर्षेनी यात्रु र चालकले सास्ती खेप्नु परेको छ। 

सिद्धार्थ राजमार्गअन्तर्गत पर्ने यस सडकखण्डमा जोखिमपूर्ण रुपमा यात्रा गर्न यात्रु बाध्य भएका छन्। 

उत्तर दक्षिण जोड्ने एकमात्र सडक सिद्धार्थ राजमार्ग भएर यहाँ दैनिक सयौँको संख्यामा सवारीसाधन गुड्ने गर्छन्। 

यस सडकखण्डमा पर्ने दोभानदेखि सिद्धबाबा मन्दिरसम्म सडक माथिबाट झर्ने ठूलाठूला चट्टान र पहिरोका कारण यात्रु र चालकले वर्षौंदेखि जोखिमपूर्ण यात्रा गर्दै आइरहेका छन्। 

सडक स्तरोन्नतिका लागि सरकारले वर्षेनी करोडौँ रुपैयाँ खर्चिदै आए पनि सडकको अवस्थामा सुधार आउन सकिरहेको छैन। 

चार दशक अघि निर्माण गरिएको सडकमा करोडौँ रुपैयाँ सडक मर्मत तथा पुनःनिर्माण एवं स्तरोन्नतिका लागि खर्च भइसकेको छ। 

पछिल्लो समय दिनानुदिन सवारीसाधनको संख्या बढ्दै जाँदा पनि सडकको अवस्था बिग्रँदै गएको हो, सडक डिभिजन कार्यालयका इञ्जिनियर पवित्रमणी आचार्यले भने– सडक स्तरोन्नतिका लागि काम भइरहेको छ। 

सडकमाथिबाट चट्टानसहितको ढुंगा खसिरहदा एक हप्तादेखि यो सडक छिनमै खुल्ने छिनमै बन्द हुने भइरहेको छ। गन्तव्यमा निस्केका यात्रु घण्टौँसम्म बीच बाटोमै अलपत्र अवस्थामा बस्न बाध्य छन्। 

नारायणगढ मुग्लिङ सडकखण्डमा यातायात नियमित सुचारु नहुँदा पनि यसै सडकखण्डअन्तर्गत भएर पूर्वदेखि पश्चिमसम्मका लागि दिनहुँ ठूलो संख्यामा सवारीसाधन आवतजावत गर्ने गर्दा पनि सडकको अवस्था निकै दयनीय बन्दै गएको छ। 

काठमाडौँसँग जोडिने वैकल्पिक मार्ग भएकाले पनि यसको स्तरोन्नति गर्नसके यात्रुले सहजरुपमा यात्रा गर्ने पाउने छन्।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell