PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

किर्गिस्तानका उपप्रधानमन्त्रीको कार दुर्घटनामा निधन



पहिलोपोस्ट

किर्गिस्तानका उपप्रधानमन्त्रीको कार दुर्घटनामा निधन
फोटो श्रोतः akipress.com

विसकेक :  किर्गिस्तानका उपप्रधानमन्त्री तेमिर झुमाकादिरोभको कार दुर्घटनामा निधन भएको छ। एक राजमार्गमा गुडिरहेको उनको कार ट्रकसँग ठोक्किएर दुर्घटनामा परेको थियो।

स्थानीय समयानुसार शनिबार विहान करिब साढे सात वजे विसकेक–कारा–बाल्टा राजमार्गमा पर्ने साडोभोए गाउँमा उनको कार दुर्घटना भएको थियो।

उपप्रधानमन्त्री झुमाकादिरोभ र उनका सहयोगी टोयटा ल्याण्डक्रुजरमा यात्रा गरिरहेका थिए। दुर्घटनामा उनीहरु दुवैको घटनास्थलमै मृत्यु भएको बताइएको छ। 

उपप्रधानमन्त्री झुमाकादिरोभ ३८ वर्षको थिए। उनी गत अगष्टमा मात्रै उपप्रधानमन्त्रीमा नियुक्त भएका थिए।रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell