PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

ओखलढुंगाबाट एमालेले पठायो केन्द्रमा उम्मेदवारको नाम 



पहिलोपोस्ट

ओखलढुंगाबाट एमालेले पठायो केन्द्रमा उम्मेदवारको नाम 

खोटाङ :  नेकपा एमाले जिल्ला कमिटी ओखलढुंगाले प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ। 

प्रदेशसभा निर्वाचन समन्वय कमिटीको सिफारिसमा जिल्ला कमिटीको बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गरेको हो। 

प्रदेशसभाका लागि प्रत्यक्षतर्फ निर्वाचन क्षेत्र नं १ मा आर्थिक विभाग प्रमुख अम्बिरबाबु गुरुङ, सचिवालय सदस्य मेखबहादुर खड्का, जिल्ला सचिव शंकरबहादुर कटवाल र सांसद हर्कबोल राईको नाम सिफारिस गरिएको छ। 

समानुपातिकतर्फ उत्तम राई, सांसद शकुन्तला राजभण्डारी, बलबहादुर परियार, मानबहादुर विश्वकर्मा, मेखबहादुर गुरुङ, उर्मिला खतिवडा र सञ्जु श्रेष्ठको नाम सिफारिसमा परेको छ। 

निर्वाचन क्षेत्र नं २ प्रत्यक्षतर्फ अनेरास्ववियुका विदेश विभाग सदस्य अनिता गिरी, टंकलाल गिरी, नानीबाबु बुढाथोकी, तीर्थ सुवेदी र नेत्रप्रसाद भट्टराईको नाम सिफारिस गरिएको छ।

समानुपातिकतर्फ नरबहादुर कटवाल, रामकुमार अछामी, अम्मता राई, नरेन्द्रकुमार श्रेष्ठ, गणेश कार्की, देवकुमार खड्का र पञ्चबहादुर तामाङको नाम सिफारिस गरिएको प्रचार विभाग प्रमुख तीर्थ सुवेदीले जानकारी दिए। 

प्रतिनिधिसभाका लागि केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज यज्ञराज सुनुवारको एकल नाम सर्वसम्मत बनाउने प्रयास भएपनि वैकल्पिक केन्द्रीय सदस्य किशोर अधिकारीको दाबी पछि दुवै नाम सिफारिस गरिएको जनाइएको छ। 

प्रतिनिधिसभाको समानुपातिकतर्फ चम्पा राई, सीताराम गुरुङ, ओम दयाल र युवा संघका नेता फणीन्द्र लुइँटेलको नाम सिफारिस गरिएको छ। 
पार्टीको परिपत्रमा प्रत्येक निर्वाचन क्षेत्रमा अधिकतम तीन÷तीन जनाको नाम पठाउन भनिए पनि आकाँक्षी धेरै भएका र गुटबन्दीका कारण जिल्ला कमिटीले धेरैको नाम पठाएको हो।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell