काठमाडौं : आइसीसी वर्ल्ड क्रिकेट लिग डब्लुसिएल च्याम्पियनसिप अन्तर्गत छैटौँ चरणको खेलमा नेपालले हङकङसंग उसैको मैदानमा दुई खेल खेल्दैछ। हङकङसँग यही अक्टोबार १३ र १५ मा खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई सोमबार बिदाई गिरएको छ।
मंगलबार हङकङ प्रस्थान गर्ने नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशव कुमार विष्टले झण्डा हस्तानतरण गर्दै बिदाई गरे।
८ टोली सम्मिलित च्याम्पियनसिपमा ८ अंक जोडेको नेपाल छैटौँ स्थानमा छ र शीर्ष चारमा पर्दै वान डे वर्ल्ड कप क्वालिफायर खेल्नका लागि हङकङ विरुद्धको दुवै खेल जित्नै पर्ने बाध्यता छ।
नेपाल समान १० खेल खेलेको हङकङ ११ अंकका साथ पाँचौ स्थानमा छ र उसलाई पनि नेपाल विरुद्धको खेल उत्तिकै महत्वपूर्ण छ।
च्याम्पियनसिप अन्तर्गत नै शीर्ष स्थानको नेदरल्याण्ड्सलाई केन्याले हराएपछि नेपाल र हङकङाई झन दबाब बढेको छ।
नेपाल र हङकङ बीचको दुवै खेल मोङ होक स्थित मिसन रोड ग्राउण्डमा हुनेछ। उक्त खेलको हङकङ क्रिकेटको आधिकारिक युट्युब च्यानले प्रत्यक्ष प्रशारण गर्ने जनाएको छ।
नेपाली टोली : पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, बसन्त रेग्मी, सोमपाल कामी, सागर पुन, विनोद भण्डारी, करण केसी, सुशिल कँडेल, ललित भण्डारी, सुशन भारी, मोहम्मद आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने
वैकल्पिक खेलाडी : मेहबुब आलम, जितेन्द्र कुमार मुखिया, नरेश बहादुर बुढाएर, कुशल भुर्तेल