PahiloPost

Jun 29, 2024 | १६ असार २०८१

आइसल्याण्ड पहिलो पटक विश्वकपमा छनोट, क्रोएसिया र आयरल्याण्ड प्लेअफमा



पहिलोपोस्ट

आइसल्याण्ड पहिलो पटक विश्वकपमा छनोट, क्रोएसिया र आयरल्याण्ड प्लेअफमा

आइसल्याण्ड इतिहासमै पहिलो पटक विश्वकप फुटबलका लागि छनोट भएको छ। युरोपेली छनोटअन्तर्गत समूह डी को अन्तिम खेलमा कोसोभोलाई २-० ले पराजित गर्दै आइसल्याण्ड समूह विजेता बनेको हो। युक्रेनलाई २-० ले पराजित गरेको क्रोएसियाले भने प्लेअफमा स्थान बनाएको छ।

विश्व फुटबलको महासंग्राममा छनोट हुने आइसल्याण्ड अहिलेसम्मकै सबैभन्दा सानो राष्ट्रसमेत बनेको छ।

यता समूह ई बाट अष्ट्रिया सिधै विश्वकपमा छनोट हुँदा आयरल्याण्ड वेल्सलाई पराजित गर्दै प्लेअफका लागि छनोट भएको छ। वेल्स भने छनोट हुने होडबाट बाहिरिएको छ। सर्वियाले जर्जियालाई १-० ले पराजित गर्दै विश्वकपमा स्थान बनाएको हो।

आइसल्याण्ड र सर्वियासँगै अर्को वर्ष रसियामा हुने विश्वकपका लागि अहिलेसम्म १७ राष्ट्र छनोट भइसकेका छन्।

यस्तै विश्वकपमा स्थान बनाइसकेको स्पेनले अन्तिम खेलमा इजरायललाई तथा इटलीले अल्वानियालाई समान १-० ले हरायो। युरोपबाट आयोजक रसियासँगै ८ वटा राष्ट्र छनोट भइसकेका छन्। अब युरोपबाट सिधै दुई तथा प्लेअफबाट ४ गरी ६ राष्ट्र छनोट हुन बाँकी छ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell